Comments Add Comment

म्यानचेष्टर सिटी बराबरीमा रोकियो, तर शीर्ष स्थानमा उक्लियो

manchester-city

७ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले साउथहृयाम्पटनसँग बराबरी खेलेको छ । जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा म्यानचेष्टर सिटी र साउथहृयाम्पटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा साउथ हृयाम्पटनले २७ औं मिनेटमा रेडमन्डको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जोगाउन सकेन ।

५५ औं मिनेटमा इहेनाचोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर सिटीले लगातार दबाव दिएपनि गोल गर्न सकेन र अंक बाँडेको छ ।

बराबरीपछि म्यानचेष्टर सिटीको ९ खेलबाट २० अंक भएको छ र, शीर्ष स्थानमा उक्लिएको छ । समान अंक जोडेको भएपनि गोल अन्तरका आधारमा आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा झरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment