Comments Add Comment

राखेप सदस्य सचिवलाई खेलाडी संघको ज्ञापन पत्र

deepak-bista

७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् -राखेप) समक्ष विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएको छ ।

खेलाडी संघका अध्यक्ष दीपक विष्टले राखेपका सदस्य-सचिव केशवकुमार विष्टलाई सातदोबाटोमा ज्ञापन पत्र हस्तान्तरण गरे । ज्ञापन पत्र बुझाउन गएका समूहमा विशेष गरी विभिन्न दक्षिण एसियाली खेलकुद -साग) का पदक विजेता थिए ।

खेलाडी संघले सागका स्वर्णधारी र एसियाली खेलकुदका पदकधारी खेलाडीले पुनः पाउन सुरु गरेको आजीवन भत्ता हाल रोकिएकाले निरन्तरता पाउनु पर्ने, बंगबन्धु गोल्डकप र साग फुटबलका स्वर्ण विजेतालाई दिने भनिएको पुरस्कार दिनु पर्ने, खेलाडीले शिक्षा, स्वास्थ्य, यातायात र विमामा सहुलियत पाउन परिषद्ले पहल गरी दिनु पर्नेलगायतका माग राखेको छ ।

सदस्य-सचिव विष्टले सहुलियतका सम्बन्धमा सरोकार निकायसंग पहल गर्न कार्यदल बनाएर प्रकृया अगाडि बढाउने र अन्य माग पनि चाँडो भन्दो चाँडो पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment