Comments Add Comment

प्रचण्ड र ओलीबीच भेटवार्ता, संविधान संशोधनमा एमाले लचिलो !

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा ओली संविधान संशोधनबारे पहिला भन्दा लचिलो रुपमा प्रस्तुत भएको माओवादी नेताले बताए ।

Prachanda-And-kp-oliप्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आइतबार संसद बैठक अघि भेटवार्ता भएको थियो । भेटमा संविधान संशोधनबारे छलफल भएको छ । ‘निर्वाचन र संविधान संशोधन जोडिएको छ’ माओवादी नेता हरिबोल गजुरेलले भने, ओलीले केही लचिलो देखिनु भएको छ । व्यवहारमा हेर्न बाँकी छ ।’

एमाले र उसका अध्यक्ष ओलीले यसअघि संविधान संशोधनबारे कठोर मत राख्दै आएका थिए ।

तर, पछिल्लो समय अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई लिएर विपक्षी एमाले र सत्तारुढ माओवादी नजिकिएका छन् ।

यद्यपि आइतबारको भेटमा महाअभियोगभन्दा पनि संविधान संशोधनमा कुराकानी भएको गजुरेलले बताए ।

सरकारले संविधान संशोधनबारे मधेसी मोर्चाका नेताहरुसँग पनि अनौपचारिक वार्ता गरिरहेको छ । मधेसी मोर्चाले आफूसँग भएको तीनबुँदे सहमति अनुसार संविधान संशोधनका लागि सरकारलाई दबाव दिँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने गत साता संसदलाई सम्बोधन गर्दै एमालेसहितको सहमतिमा तिहार वा छठसम्ममा संविधान संशोधन गर्ने बतांएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment