Comments Add Comment

आइतबारको टप १० समाचारः सांसदलाई ‘सिध्याइदिने’ धम्कीदेखि जल शाहको कुरासम्म

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. महाअभियोगका प्रस्तावक सांसदलाई ‘सिध्याइदिने’ धम्की

म जनताको पक्षमा उभिएको छु, पार्टीले कारवाही गरे भोग्न तयार छु, तर यो प्रस्ताव फिर्ता लिन्न । पार्टी अध्यक्ष प्रचण्डले त के, यमराजले नै भने पनि म यो प्रस्ताव फिर्ता लिन्न । बरु मर्न तयार छु ।

२. शेरबहादुर देउवा लोकमानविरुद्ध उभिने तीन कारण

लोकमानले शाही आयोगले भन्दा बढी ज्यादती गरेकाले लोकमानलाई बचाउन गाह्रो रहेको भन्दै देउवाले आफू लोकमानको पक्षमा नरहेको संकेत दिएका छन् । तर, उनको यो संकेतलाई उनी पक्षकै कतिपय नेताले स्वीकार गरेका छैनन् ।

३. लोकमानविरुद्धको महाअभियोगले संसदमा प्रवेश पायो, पर्सी छलफल

 संसदको आइतबारको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै त्यसमाथि छलफलका लागि समय तोकेकी हुन् । छलफलका लागि पर्सी ९ गते दिउँसो ३ बजेको समय तोकिएको सभामुखले जानकारी दिइन् ।

४. कर्मचारी व्यवस्थापनको खाका बन्यो, सरुवाका लागि तयार हुनुस् !

तपाईं निजामती कर्मचारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने संघीयताको कार्यान्वयनसँगै सरुवाका लागि तयार हुनुहोस् । सरकारले संघीयतामा जाँदा कर्मचारी थप्नुभन्दा अहिले भएकै कर्मचारीहरुलाई नै व्यवस्थापन गर्ने तयारी थालेको छ ।

५. तीन बन्दरगाह प्रयोग गर्न दिन चीनलाई नेपालको प्रस्ताव

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो, जसले एक अर्को देशलाई तेस्रो देशसँग ब्यापारका लागि आफ्नो भूमि प्रयोग गर्न दिन्छ ।

६. एमबीबीएसका विद्यार्थीसँग ७० लाख असुल्ने चलखेल सुरु !

डा. गोविन्द केसीको पटक-पटकको आन्दोलनपछि सरकारले प्रतिविद्यार्थी ३५ लाखभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गर्न लागेको छ । तर, निजी कलेजहरुले प्रतिविद्यार्थी ७० लाखसम्म उठाउनका लागि भर्नाअगावै चलखेल शुरु गरेका हुन् ।

७. नेपाल टेलिकमले पायो फोरजी सञ्चालनको अनुमति

टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति दिइएको छ । अब टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जी सेवालाई निरन्तर गर्ने छ भने ५ मेगाहर्जबाट फोरजी सञ्चालन गर्ने छ ।

८. नायिका हुनलाई हिप र शरीरमा मासु हुनुपर्छः जल शाह(भिडियो कुराकानी)

jal-sha-cute-2

दशैंको बिदा मनाउन नेपाल आएकी नायिका जल शाहले अनलाइनखबरसँग ‘मस्तीको कुराकानी’ गरेकी छिन् । अमेरिका गएको १० बर्षमा उनी केही पटक नेपाल त आइन् । तर, यसपटकको नेपाल बसाई उनका लागि विशेष र रमाइलो बन्दैछ ।

९. यसरी भएको थियो बाबुरामको बहिर्गमन र लोकमानको आगमन

केपी ओलीको संयोजकत्वमा मन्त्रिपरिषदले एक समिति बनाई उसले जनआन्दोलनका लोकमान लगायत कसैलाई पनि कारवाही नहुने गरी सफाइ दिने काम गर्‍यो । तिनै सफाइ पाएका मध्येका लोकमानपछि अख्तियारको प्रमुख बनाइए भने प्रत्यक्ष गोली हानेका भनिएका दुर्जकुमार राई अहिले सशस्त्र प्रहरी प्रमुख छन्

१०. गोर्खा राइफल्सको पराक्रमले भारतीय सेनालाई स्वर्णपदक

रतीय सेनाको मुकुटमा नयाँ हिरा जडिएको छ । गोर्खा राइफल्सको पराक्रमले भारतीय सेनाले विश्वको कठिन सेना अभ्यासमा स्वर्ण पदक जितेको छ । भारतीय सेनाको आठौं गोर्खा राइफलल्सको सेकेण्ड बटालियनले यो सम्मान जितेको हो ।

र, यो पनि

९२ वर्षका वृद्धका ९७ पत्नी, १८५ बच्चा, फेरि गर्दैछन् विवाह

 मोहम्मद बेलो अबुबकरले अहिलेसम्म १ सय ७ जना महिलासँग बिहे गरे । ती मध्ये १० जनासँग डिभोर्स भयो र अहिले उनीसँग उनका ९७ जना श्रीमती छन् । जबकी ती वृद्धिको अहिलेको उमेर ९२ वर्ष छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment