Comments Add Comment

गोर्खा सैनिकले राखिदिए भारतीय सेनाको इज्जत

gorkha७ कात्तिक, दार्जीलिङ । भारतीय सेनाको मुकुटमा नयाँ हिरा जडिएको छ । गोर्खा राइफल्सको पराक्रमले भारतीय सेनाले विश्वको कठिन सेना अभ्यासमा स्वर्ण पदक जितेको छ । भारतीय सेनाको आठौं गोर्खा राइफलल्सको सेकेण्ड बटालियनले यो सम्मान जितेको हो ।

कुन देशको सेनाले कति कठिन अध्यास गर्न सक्छ, त्यसको जाँच हो क्याबि्रयन पेट्रोल । बि्रटिश सेनाद्वारा आयोजना गरिने क्याम्बि्रयन पेट्रोल अन्तर्राष्ट्रिय स्तरको कठिन सेना अभ्यास हो ।

विश्वका प्रायः सबै देशका सेनाले यो वार्षीक अभ्यासमा सहभागिता जनाउने गर्छन् । यो अभ्यासलाई आधुनिक समयमा सेनाको सबैभन्दा कठिन परीक्षा मानिन्छ ।

वेल्सको क्याम्ब्रिज पर्वत श्रृंखलाको ५५ किलोमीटर मार्गमा यो पेट्रोलिङ गर्नुपर्छ । ४८  घण्टामा पूरा गर्नुपर्ने यस क्रममा सेनाका जवानहरुलाई अन्य धेरै कार्यहरु समेत दिइन्छ ।

यो एउटा प्रतियोगिता नभएर परीक्षा नै हो । यसमा कम्तिमा ७५ प्रतिशत अंक ल्याउने सेना स्वर्ण पदकका दाबेदार हुन्छन् । ६५ देखि ७४ प्रतिशत अंक ल्याउने सेना रजत पदकका हकदार हुन्छन् भने ५५ देखि ६४ प्रतिशत अंक पाउने सेनाले कास्य पदक पाउँछन् । नेपाली सेनाले चाँहि कास्य पदक जितेको छ ।

nepal-army

यस ड्रीलमा ५५ प्रतिशतभन्दा कम्ति अंक ल्याउने देशको सेनालाई प्रमाणपत्र मात्रै दिइन्छ । भारतीय सेनाले गोर्खा राइफल्सको पराक्रमबाट यो ड्रीलमा स्वर्ण पदक पाएको खबर बि्रटिश सेनाले ट्वीट गरेर जनाएको छ । उसले भिडियो समेत सार्वजनिक गरेको छ ।

स्वर्ण पदक थापेपछि आठौं गोर्खा राइफल्स सेकेण्ड बटालियनका जवानहरुले बि्रटिश सेनालाई एउटा प्रशस्तिपत्र र खुकुरी भेट स्वरुप दिदैँ गरेको भिडियोमा देखिन्छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment