Comments Add Comment

गोरखाबाट तिब्बत जोड्ने मार्गं सेनाले बनाउने

८ कात्तिक, काठमाडौं । गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएकेा छ ।

Nepal-armyरक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका हुन् ।

सेनाको हेलिकप्टरमा आइतबार तिब्बत सिमानाको सामागाउँ गाविस पुगेर मन्त्री खाँडले आरुघाट हुँदै सामागाउँसम्मको सडक निर्माण गर्न सेनालाई जिम्मा दिने बताएका अाजको अन्नपूर्णमा समाचार छ ।

सोही हेलिकप्टरमा सामागाउँ पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तिब्बत जोड्ने रणनीतिक महत्वको बेनीघाट आरुघाट लार्के सडक निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय सडक विभागले गरिसकेको बताए ।

सडक योजना कार्यालय गोरखाका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार यो सडक करिब ८० किलोमिटर ट्रयाक खोल्ने काम भइसकेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment