Comments Add Comment

एकैठाउँमा जम्मा भए ९ सय ८ बेहुली, बनाए विश्व किर्तिमान

largest-gathering-of-bridesदुनियामा किर्तिमान राख्ने अनेक काइदा छन् । हुँदा हुँदा झण्डै हजार जना दुलहीहरु एकैठाउँमा जम्मा भएर समेत विश्व किर्तिमान कायम गरेका छन्  ।

चीनको हुकियू वेडिंग ड्रेस सिटीमा ९ सय ८ जना बेहुलीहरु जम्मा भएर विश्वरेकर्ड राखेका हुन् ।

हुकियू वेडिंग ड्रेस सिटीको उद्घाटनका क्रममा यस्तो किर्तिमानी कार्यक्रमको उद्घाटन गरिएको थियो । चीनका विभिन्न ठाउँमा उक्त समारोहमा भाग लिनका लागि बेहुलीहरु आएका थिए । त्यससँगै ५ सय जोडीहरुको लागि वेडिंग क्रूज टूर को पनि सुरुवात गरिएको छ ।

यसअघि एकैठाउँमा ६५ जना बेहुली जम्मा भएको रेकर्ड थियो ।

पछिल्लोपटक ९ सय ८ दुलहीको किर्तिमानी समारोह सुरुवात हुँदा उपस्थित बेहुलीहरुले हिलियमले भरिएका बेलुन उडाएका थिए । त्यसपछि सामूहकि विवाहको आयोजनाका लागि जोडीहरुलाई क्रूज जहाजमा राखेर लगियो ।

उक्त कार्यक्रमको आयोजना सुझोउ हुकियू ब्राइडल इन्भेस्टमेन्टको तर्फबाट गरिएको थियो । सामूहिक विवाहसँगै हुकियू ब्राइडल शपिंग फेस्टिबल पनि सुरुवात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment