Comments Add Comment

स्मार्टफोनको ब्याट्रीबाट निस्किन्छ १ सयभन्दा धेरै विषाक्त ग्यास

एक अध्ययन अनुसार स्मार्टफोन तथा ट्याब्लेट जस्ता डिभाइसहरुको ब्याट्रीबाट १ सय भन्दा धेरै प्रकारका विषाक्त ग्यास निस्किन्छन् ।

smart-batteryशोकर्ताहरुले लिथियम ब्याट्रीबाट निस्किने विभिन्न १ सय प्रकारका विषाक्त ग्यासको पहिचान गरेका छन् । त्यसमा कार्बन मोनोअक्साइड लगायतका ग्यास रहेका छन् ।

अमेरिकाको इन्स्टिच्यूट अफ एनबिसी डिफेन्स तथा चीनको सिन्हुवा युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार स्मार्टफोन तातिँदा तथा खराब चार्जरको प्रयोग गर्दा ब्याट्रीबाट बढि मात्रामा विषाक्त ग्यास निस्कने तथ्यप्रति सर्वसाधराण जानकार छैनन् ।

स्मरण रहोस् विश्वमा हरेक वर्ष उत्पादन हुने २ अर्ब डिभाइसमा लिथियम आयन ब्याट्रीको प्रयोग हुने गर्छ । शोधकर्ता जाइ सुन भन्छन्, आजकल विश्वभरका सरकारहरु विभिन्न चिजका लागि लिथियम आयोन ब्याट्रीलाई नै प्रवर्द्धन गरिरहेका छन् । मोबाइल डिभाइस देखि लिएर विद्युतीय परिवहन सम्म यसको प्रयोग भैरहेको छ । तर यसबाट विषाक्त ग्यास निस्किन्छ ।
पूर्ण चार्ज भएको ब्याट्रीबाट आधा चार्ज भएको ब्याट्रीबाट भन्दा धेरै ग्यास निस्किन्छ । ब्याट्रीमा प्रयोग भएका रसायनका कारण ग्यास उत्सर्जन हुन्छ ।

शोधका क्रममा २० हजार लिथियम आयोन ब्याट्रीलाई आगो निस्कने तापक्रम सम्म तताइयो । त्यसपछि ब्याट्री विस्फोट भएसँगै त्यसबाट विषाक्त ग्यास बाहिर निस्किए । कहिले चार्ज गर्ने बेलामा त कहिले विभिन्न कारणले अत्यधिक तापक्रम हुनगई स्मार्टफोनको ब्याट्री पडि्कने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment