Comments Add Comment

भारतीय प्रहरीको कारबाहीमा १८ माओवादी मारिए

८ कात्तिक, काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिएका छन् । घटनास्थलबाट प्रहरीले भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरेको छ ।

incounter-with-policeविशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माका अनुसार सोमबार बिहान ६ बजे कियासिर बेगानगी जंगलमा मुठभेड भएको हो । यो माओवादी विरुद्ध आन्ध्रप्रदेश पुलिसको विशेष फोर्स ‘ग्रेहाउ्रन्ड’ र ओडिशा पुलिसको संयुक्त कारबाही थियो ।

प्रहरीका अनुसार घटनास्थलबाट चार थान एके-४७ राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद भएको छ ।

प्रहरीको आक्रमणबाट कैयौं माओवादी लडाकुहरु घाइते भएको अनुमान गरिएको छ । प्रहरीतर्फ भएको हताहतिबारे केही बताइएको छैन ।

सुरक्षाकर्मीहरुले जंगललाई घेरा हालेका छन् । त्यहाँ थप प्रहरी फोर्स मगाइएको छ । घटनास्थलबाट शव बरामद गर्ने क्रम चलिरहेको छ । मृतकको संख्या बढ्नसक्ने प्रहरीले अनुमान गरेको छ ।

ओडिशाको मलकानगिरी इलाका छत्तिसगढ र आन्ध्रप्रदेशसँग जोडिएको छ । सो क्षेत्रलाई भारतीय माओवादीको गढ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment