Comments Add Comment

एथ्लेटिको मड्रिडलाई हरायो, बार्सिलोनालाई उछिन्यो

sevilla८ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ । यससँगै सेभिल्ला दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा सेभिल्लाले एथ्लेटिको मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । उसको जितमा स्टिवन एन्जोन्जीले निर्णायक गोल गरे । खेल सकिन १७ मिनेट बाँकी छँदा मिडफिल्डर एन्जोन्जीले गोल गरेका थिए ।

त्यसअघि एथ्लेटिको मड्रिडका एन्जल कोरिया र घरेलु टोली सेभिल्लाका भिटोलोले गोल गर्ने राम्रो अवसर पाएका थिए ।

यो सिजन अपराजित सेभिल्लाको ९ खेलबाठ २० अंक भएको छ । र, दोस्रो स्थानमा छ र उसले बार्सिलोनालाई पनि पछि पारेको छ । बार्सिलोना १९ अंकका साथ तेस्रो र रियल मड्रिड २१ अंकका साथ शीर्ष स्थानमा छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment