Comments Add Comment

स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोडको एफपीओ जारी गर्ने

standard charterd bank
८ कात्तिक, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले यसै आर्थिक वर्षमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरका फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । चार्टर्ड बैंकले जारी गर्ने यो एफपीओ हालसमम्मकै सबैभन्दा ठूलो एफपीओ हुनेछ ।

चुक्ता पुँजी बढाउनका लागि बैंकले एफपीओ जारी गर्ने भएको हो । राष्ट्र बैंकले तोकेको समयभन्दा १३ महिनापछि बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गरेको हो ।

बैंकले सार्वजानिक गरेको योजनाअनुसार पि्रमियम मुल्यमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ जारी गर्ने उल्लेख छ । बैंकले जारी गर्ने पि्रमियम मुल्य जोड्दा एफपीओमार्फत २० देखि ३० अर्ब रुपैयाँ संकलन गर्ने देखिन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले ३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड हुनेछ ।

एफपीओ र बोनस सेयरवितरण पछि बैंकको चुक्ता पुँजी बैंकको चुक्ता पुँजी ७ अर्ब ५ करोड पुग्नेछ । त्यसैगरी बैंकले चालू आर्थिक वर्षको नाफाबाट आगामी आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिने पुँजी वृद्धि योजनामा उल्लेख छ । चालू आवको बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

०७२ साउन महिलो साता सार्वजानिक गरिएको मौदि्रक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । र, ०७२ भदौ मै पुँजी वृद्धि योजना सार्वजानिक गर्न निर्देशन दिएको थियो ।

सबै बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको समयमै पुँजी वृद्धि योजना सार्वजानिक गरेपनि स्टान्डर्ड चार्टर्ड बैंकले भने हालैमात्र आफ्नो वेभसाइडमार्फ पुँजी वृद्धिसम्बन्धी योजना सार्वजानिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment