Comments Add Comment

चेल्सीसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

chelsea८ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले चेल्सीसँग लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा जोसे माउरिन्होको टोलीलाई उनको पूर्व क्लब चेल्सीले ४-० गोल अन्तरले हराएको हो ।

गत वर्ष चेल्सीबाट बर्खास्त भएका माउरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षकका रुपमा स्टामफोर्ड फर्किएका थिए । तर, उनको टोलीले ३० सेकेण्डभन्दा बढी समय चेल्सीलाई रोक्न सकेन । ३० सेकेण्डमा पेड्रोले गोल गरे ।

ग्यारी काहिलले २१ औं मिनेटमा अग्रता दोब्बर पारे । इडेन हर्जाडको कर्नरमा आएको बल युनाइडेटका खेलाडीसँग ठोक्किएर आएको थियो, जसमा उनले सहज भली गोल गरे । पहिलो हाफमा थप गोल हुन सकेन र चेल्सी २-० ले अगाडि रहृयो ।
दोस्रो हाफमा पनि चेल्सी नै हावी भयो । युनाइटेडको डिफेन्समा निकै कमजोरी देखियो । जसको फाइदा उठाउँदै ६२ औं मिनेटमा हजार्डले गोल गरे ।

खेलको ७० औं मिनेटमा एन्गोलो कन्टेले गोल गर्दै घरेलु टोली चेल्सीलाई ४-० को शानदार जित दिलाएका छन् ।

खेल अघि माउरिन्होले भनेका थिए कि उनको टिमले स्टामफोर्ड ब्रिजमा गोल गर्यो भने बच्चाले जसरी खुसी मनाउदिँन । तर, उनको दुर्भाग्य उनको टोलीले कुनै गोल गर्न सकेन, बरु चार गोलको खाएर फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment