Comments Add Comment

बालोन डि’ओरः मनोनयनमा रोनाल्डोसँगै को को परे ?

ballon-de-or

८ कात्तिक, काठमाडौं । फ्रान्सेली फुटबल म्यागनिजले बालोन डि’ओरका लाागि मनोनयनमा पर्ने खेलाडीहरुको नाम सार्वजनिक गर्न सुरु भएको छ ।

मनोनयनमा पर्ने ३० मेलाडी मध्ये दुई चरणमा गरेर १० जनाको नाम सार्वजनिक भएको हो । यसमा रियड मड्रिडका क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल छन् भने म्यानचेष्टर सिटीका सर्जिओ एग्युरो र केभिन डि ब्रुयेन, युभेन्टसका पोउलो डाइबाला, हिगुइन र वुफोन छन् ।

एथ्लेटिको मडि्रडका एन्टोनी गि्रनम्यान, डिएगो गोडिन र बोरुसिया डर्टमुण्डकमा पिएर एमरिक छन् । फ्रान्सेली फुटबल म्यागजिनले क्रमशः सार्वजनिक हुनेछ ।

यो पटक रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको छ । गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताएका उनले पोर्चुगललाई पहिलो पटक युरो कप च्याम्पियन बनाएका छन् ।

bale-messi-ronaldo

फ्रान्सेली पत्रिकाले १९५६ बाट यो अवार्ड दिन थालेको थियो । तर, पछिल्लो ६ वर्षमा फिफासँग मिलेर फिफा बालोन डि’ओर प्रदान गरियो । गत वर्ष बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले कीर्तिमानी पाँचौ पटक यो अवार्ड जितेका थिए ।

तर, फिफाले हालै मात्र फ्रान्स फुटबलसँगको सम्झौता तोड्ने घोषणा गरेको छ र, अब फिफाले उत्कृष्ट खेलाडी र फ्रान्स फुटबलले बालोन डि’ओर अवार्ड प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment