Comments Add Comment

कांग्रेस बैठकः महाअभियोगका पक्षमा पाँच नेता मात्र !

gagan-pradip-dhanaraj-and-bishwoprakash

८ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे नेपाली कांग्रेस अझै अलमलमा देखिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा लगातार छलफल चलिरहेको छ । तर, महाअभियोगको पक्षमा सानो स्वरमात्र सुनिएको छ ।

अहिलेसम्म पाँच नेताले मात्र प्रष्टसँग महाअभियोग प्रस्ताव पास गर्नुपर्ने धारणा राखेका छन् । सोमबारको बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङ र सुरेन्द्र पाण्डेले महाअभियोग प्रस्तावको समर्थन गरे ।

यसअघि शुक्रबार प्रदीप पौडेलले समर्थन गरेका थिए । पहिलो दिनको बैठकमा बिहीबार गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस महाअभियोगको पक्षमा उभिनुपर्ने मत राखेका थिए ।

कांग्रेसको हाल ७४ सदस्यीय केन्द्रीय कार्यसमिति छ । रामचन्द्र पौडेल पक्षधरका नेताहरुले आवेगमा आएर निर्णय गर्न नहुने मत राख्दै आएका छन् भने पार्टी सभापति देउवा पक्षधरले यसलाई सत्ता गठवन्धनसँग जोडेर एमालेको षड्यन्त्र भन्दै आएका छन् ।

सोमबारको बैठकमा पनि अधिकांश नेताहरुले महाअभियोगको पक्षमा मत नराखेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment