Comments Add Comment

बदलिएकी वेनिशा, कथाको माग कि समयको ?

benisha-hamal-hot-9
पहिलो चलचित्र ‘स्वर’मा काम गर्दाको जस्तो छैन नायिका वेनिशा हमालको पहिरन र फेसन । अहिले उनी पूर्ण रुपमा बदलिएकी छिन् । केही छोटा पहिरन उनका लागि विशेष बन्न थालेका छन् । वेनिशा यसलाई गर्मी भएकाले लगाएको भन्छिन् । यतिमात्र होइन, उनको शरीर पनि पूर्ण मेन्टेन अवस्थामा पुगेको छ । यो भने उनले चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि बनाएकी हुन् रे ।

अनलाइनखबरसँगको भेटमा वेनिशाले पहिरन र शरीर मेन्टेनको बिषयमा कुरा गरिन् । उनले शरीर दुब्लो बनाउनुलाई कथाको माग भनिन् । पहिरनमा देखिएको बदलावलाई भने उनले समयको माग भनेकी छिन् ।
benisha-hamal-hot-1 benisha-hamal-hot-3 benisha-hamal-hot-4 benisha-hamal-hot-6 benisha-hamal-hot-7
आफूले कमाएको पैसाले आफूलाई पुगिरहेको बताउने वेनिशा म्यूजिक भिडियोलाई मुख्य आयश्रोत भन्छिन् । अहिले नेपालका नायिकाहरु पहिरनमा खुबै ध्यान दिन थालेका छन् । वेनिशालाई पनि अब यसमा ध्यान नदिए पछि परिन्छ कि भन्ने लागेको पक्कै हो ।

वेनिशासँगको मस्तीको गफ यहाँ हेर्नुहोस् ।

‘किङ’ रिलिज पछि सर्नु र ‘ब्लाइन्ड रक्स’को सुटिङ तत्काल नहुनुलाई पनि वेनिशा सकारात्मक रुपमा नै लिन्छिन् । उनी हरेक कुरा समय अनुसार चल्ने बताउँदै आफूलाई ‘अनलक्की’ मान्न भने तयार छैनन् । benisha-hamal-hot-10 benisha-hamal-hot-12 benisha-hamal-hot-13

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment