Comments Add Comment

गजल: फूलमा पनि धार छ आजभोलि

lokendra-banjaraनङ-मासुमै दरार छ आजभोलि त

दिल बेच्नेको बजार छ आजभोलि त ।

 

गरिबका छोरीको’नि बिहे हुन्थ्यो पैले,

महलवाला संस्कार छ आजभोलि त ।

 

समय पनि यो कस्तो आयो बिक्नलाई,

देवतैलाई हतार छ आजभोलि त ।

 

मुटु छियाछिया होला ख्याल गर्नू,

फूलमा पनि धार छ आजभोलि त ।

 

मान्छेहरु खोई भेटिनै छाडे यहाँ बरु,

कुकुर-बिरालामा प्यार छ आजभोलि त ।

– दमक, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment