Comments Add Comment

आइकाओले गर्‍यो बुद्ध एयरको हवाइ सुरक्षा सुपरीवेक्षण

buddha-air-audit

८ कात्तिक, काठमाडौं । बुद्ध एयरले अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरण (आइकाओ)को सहायतामा आफ्ना विभिन्न कार्यहरुलाई सुपरीवेक्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण तथा आईकाओका प्रतिनिधि क्यापटेन मेरी हेलेन जुब्रीकिज, क्याप्टेन माइकल ब्लेण्ड र होजे एम स्यालग्योरोले बुद्ध एयरका विभिन्न एकाईहरुको अडिट गरेका हुन् ।

अडिटका क्रममा केहीमा सुधार गर्नुपर्ने जनाएको छ, उनीहरुले अडिटका विस्तृत विवरण केही दिनमा दिने जनाएको छ । अडिटका नतिजा निकै उत्साहप्रद रहेको बताए बुद्ध एयरका कार्यकारी निर्देशक विरेन्द्रबहादुर बस्नेत बताउँछन् । निर्देशक बस्नेतले प्राधिकरण तथा आईकाओका प्रतिवेदनलाई यथाशिघ्र सम्वोधन गर्ने जनाए ।

बुद्ध एयरले झण्डै दुई दशकदेखि नेपाल र नेपाली आकाशलाई जोड्दै स्वदेशी तथा विदेशी यात्रुलाई सेवा प्रदान गरिरहेको छ । बुद्धको बजार हिस्सेदारी ६१ प्रतिशत रहेको कम्पनीको दावी छ ।

buddha-air-audit2
हवाइ यात्रालाई थप व्यवस्थित तथा जोखिमहरुलाई न्यूनीकरणका लागि बुध्द एयरले आफ्ना कर्मचारी तथा विभिन्न जनशक्तिहरुलाई अन्तर्राष्ट्रियस्तरको तालिमका लागि विभिन्न देश तथा आईटाको प्रशिक्षण केन्द्र पठाउने गरेको छ ।

परनिर्भरता हटाउनका लागि बुद्ध एयरले आफ्नै अन्तर्राष्ट्रिय स्तरकै प्रशिक्षकहरु पनि तयार गरिरहेको छ । हवाइ यात्रालाई थप आरामदायी तथा जोखिम न्यूनिकरणका लागि बुध्द एयर विगतका वर्षहरुदेखि नै विभिन्न अन्तर्राष्ट्रिय हवाइ सुरक्षण परीक्षकहरुबाट विभिन्न विभाग, एकाईहरु जस्तै टेक्निकल, अपरेशन, ग्राउण्ड ह्याण्डलिङ तथा जनशक्तिहरुलाई अडिट (परीक्षण) गराइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment