Comments Add Comment

एन्फाको साधारणसभा सुरु, श्रेष्ठ र शेर्पा अध्यक्षको दौडमा

anfa-election-3

८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको १५औं साधारणसभा तथा मध्यवधि निर्वाचनले आज नयाा नेतृत्व चयन गर्नेछ ।

साधारणसभाको खेलकुदमन्त्री दलजित श्रीपाइलीले आज बिहान उदघाटन गरेका छन् । अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा महासचिव र कोषाध्यषको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि खेलकुदमन्त्री श्रीपाइलीले भ्रष्टाचारको अन्त्य र फुटबलको आमुल परिवर्तनको लागि एन्फाको नयाँ नेतृत्व सफल हुनेमा अगि्रम शुभकामना दिए ।

गणेश थापा फिफाको प्रतिबन्धमा परेपछि राष्ट्रिय अन्तराष्टिय रुपमा नेपाली फुटबल बदनाम भएको प्रशंग उल्लेख गर्दै मन्त्री श्रीपाइलीले नयाँ नेतृत्वलाई बिगि्रएको छवि सुधार्न आग्रह गरे ।

anfa-election-6

उनले कठिन परिस्थितिका बाबजुद नेपाली टोलीले आफ्नो शाख खस्कन नदिएको भन्दै नेपाली राष्टिय टोलीको प्रशंसा गरे ।

यही साधारणसभाले एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पनि निर्वाचित गर्नेछ । बन्दसत्र सकिएपछि आजै निर्वाचन हुने एन्फाका सिइओ इन्द्रमान तुलाधरले जानकारी दिए । चुनावको नतिजापनि आजै आउनेछ ।

shrestha-n-sherpa

एन्फा अध्यक्षका लागि बर्तमान कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पा चुनावी प्रतिस्पर्धामा छन् ।

बरिष्ठ उपाध्यक्षका लागि श्रेष्ठ प्यानलबाट मणि कुवँर र शेर्पा प्यानलबाट दीपक खाती छन् । पूर्व राष्ट्रिय फुटबलर उपेन्द्रमान सिंहले पनि स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एन्फाको निर्वाचनमा ६९ मतदाता छन् । जसमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन, ५ बी डिभिजन र ३ सी डिभिजनका प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् । त्यस्तै खेलाडी संघ, रेफ्री संघ, प्रशिक्षक संघ र महिला संघका प्रतिनिधिको पनि मताधिकार रहनेछ ।

तर यस निर्वाचनमा मतदाताको सङ्ख्या ६७ मात्र छ । झापा जिल्ला फुटबल संघको आन्तरिक विवाद र बी डिभिजनको श्री कुमारी क्लव प्रतिबन्धमा परेकाले उनीहरुलाई मताधिकारबाट अलग्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment