Comments Add Comment

लोकमान प्रकरणमा एमालेसँग कांग्रेस किन डरायो ? प्रदीप ज्ञवालीले औंल्याए ४ कारण

लोकतन्त्रलाई नर्मल अवस्थामा फर्काउन आवश्यक

Pradeep Gyawali

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महअभियोगलाई सत्ता गठवन्धनसँग जोडेर एमालेको षड्यन्त्रको संज्ञा दिएका छन् ।

उसो त एमाले मात्र होइन, माओवादी नेताहरुले पटक पटक उसको खण्डन पनि नगरेका होइनन् । तर, कांग्रेस नेताहरु महअभियोगलाई एमालेको षड्यन्त्र भन्दै नेतृत्वलाई दबाव दिइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खण्डन गर्दा पनि किन कांग्रेसका केही नेता यसलाई षड्यन्त्र देखिरहेका छन् त ? एमाले सचिव प्रदीप ज्ञवालीले चार कारण प्रस्तुत गरे ।

पहिलोः जुन धरातलमा यो गठवन्धन निर्माण भयो, त्यो एक प्रकारले अपवित्र र रहस्यमय थियो । अपवित्र यस अर्थमा कि सत्ता गठवन्धनको प्रमुख नेता मात्र होइन, सरकार सञ्चालन सम्वन्धी राजनीतिक संयन्त्रको संयोजकलाई नै अघि सारियो । आफूले अपारदर्शी ढंगले गठवन्धन बनाएकाले अरुले पनि त्यसो गरे कि भन्ने आशंका गरेका हुन् । कांग्रेसका नेताहरु आफ्नो छाँयादेखि आफैं तर्सिएका हुन् ।

दोस्रोः कांग्रेस नेताहरुमा यो सत्ता गठवन्धनलाई लिएर शंका देखियो । सरकारको नेतृत्वकर्ता दल माओवादीमाथि विश्वास गरेको देखिएन । किनकि प्रधानमन्त्री प्रचण्ड स्वयंमले यो महाअभियोग सत्ता गठवन्धनसँग जोडिएको छैन भनेर खण्डन गरिसकेका छन् ।

तेस्रोः विभिन्न शक्ति केन्द्रहरुको चलखेल पनि हुन सक्छ, जसले ती नेताहरुलाई उराल-धराल गरिरहेको हुन सक्छ । लोकमानलाई जोगाउन सिंगो भारतको संस्थापन पक्ष लाग्यो भनेर त म भन्न सक्दिँन ।

तर, धार्मिक गुरु, ठूला व्यापारीदेखि केही व्यक्ति वा कुनै संस्थाको कर्मचारीले लोकमानको रक्षा गर्न दबाव दिएका हुन सक्छन् ।

चौथोः कांग्रेसका केही नेताहरुले महाअभियोगलाई एमालेको षड्यन्त्र देख्नुका अर्को कारण भनेको कतिपय नेताहरुलाई आफ्नो अनियमितता एक्स्पोज हुन सक्छ भन्ने पनि छैन भन्न सकिँन्न ।

एमाले सचिव ज्ञवाली भन्छन्, यस (महाअभियोग)लाई सत्तासँग जोडेर हेनुपर्ने कुुनै कारण छैन ।’

लोकमानले अख्तियारकै दुरुपयोग गरेर प्रतिशोध साँध्ने र मौनताको संस्कृति स्थापित गर्ने प्रयास गरेकाले महाअभियोगमार्फत हटाउनु पर्ने अवस्था आएको उनले बताए । ‘यसले लोकतन्त्रलाई नर्मल अवस्थामा फर्काउनुका साथै नागरिक समाजको महत्वलाई स्थापित गर्छ, किनकि यो मुद्दामा पहिले मिडिया र सिभिल सोसाइटीले उठाएको हो’ उनले भने ।

साथै यदि कसैले लोकमानको काँधमा बन्दुक राखेर अरु कसैलाई हान्न खोजेको रहेछ भने पनि दलहरुले उनीहरुको दबाव अस्वीकार गर्दा सकारात्मक वातावरण बन्ने ज्ञवालीले बताए । साथै संविधान निर्माणको समयमा जस्तै दलहरु फेरि एक ठाउँमा आउँदा संविधान कार्यान्वयनमा पनि सकारात्मक वातावरण बन्न मद्दत पुग्ने उनको विश्लेषण छ ।

उनले कांग्रेसले पनि आज भोलिमा महाअभियोगको पक्षमा नै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment