Comments Add Comment

लिडयुक्त रङ उन्मुलनका लागि सचेतना कार्यक्रम

काठमाडौं । ‘लिडयुक्त पेन्ट उन्मुलनका लागि पेन्टमा लिड सम्बन्धि सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड’ भन्ने नाराका साथ जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले आइतबारदेखि नेपालमा सप्ताहव्यापी रुपमा अन्तराष्ट्रिय सचेतना कार्यक्रम आयोजना गरेको छ ।

wall-painting
घरमा रंग लगाउँदै एक कामदार

केन्द्रले लिडको विषले बालबालिकामा पर्नसक्ने असरबारे केन्द्रित रहेर लिडयुक्त पेन्ट उन्मुलनका लागि यो कार्यक्रम आयोजना गरेको हो ।

सरकारी निकाय, विकास निकाय, रङ उद्योग, विद्यालय, सञ्चारमाध्यम तथा स्वास्थ्य, शिक्षा, वातावरण, औद्योगिक, शहरी विकास इत्यादि निकायका संयुक्त प्रयासमा मनाउन लागिएको यो कार्यक्रम यही कात्तिक ७ गतेदेखि १३ गतेसम्म बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

जस अन्तर्गत केन्द्रले आइतबार प्रेस सम्मेलन गर्ने सोमबार लिड सम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, मंगलबार निजी स्कुलहरुमा र्‍याली गर्ने, बुधवार सरोकारवाला निकायबीच गोष्ठी आयोजना गर्ने बताएको छ ।

त्यसैगरी, विहीबार रेडियो तथा टेलिभिजनमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, शुक्रबार पेन्ट सम्बन्धि विज्ञापन गर्ने कलाकारहरुसित अन्तरक्रिया गर्ने र शनिवार पेन्टरहरुलाई जनचेतना कार्यक्रम तथा क्षमता अभिवृद्धि तालिम आयोजना गर्ने रहेको छ ।

यो कार्यक्रम संयुक्त राष्ट्रिय वातावरण कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनको संयुक्त तत्वावधानमा विश्वव्यापी रुपमा मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment