Comments Add Comment

१३ जनाको सैन्यदस्ता हतियारसहित पक्राउ

mangolian-force

८ कात्तिक, काठमाडौं । मंगोलबासी राष्ट्रिय फोर्स नामक भूमिगत सैन्य दस्ताको प्रमुखसहित १३ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । विशेष प्रहरीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फोर्सका राष्ट्रिय अध्यक्ष उपेन्द्र घर्तीमगर लगायतलाई सार्बजनिक गरेको छ ।

पक्राउ परेको टोलीमा नेपाल आयल निगम अगाडि पाँच वर्ष अगाडि बम विष्फोट गराउने टेम्बी शेर्पा -रामेछाप) पनि छन् । निगम कार्यालय अगाडि २०६८ फागुन १५ गते बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको थियो ।

पूर्वलडाकूले दिए सैन्य तालिम

पक्राउ परेकाहरुको साथबाट दुई थान नलकटुवा कटुवा पेस्तोल, दुई थान रिभल्बर, त्यसमा लाग्ने १२ राउण्ड गोली, बारुद लगायतका विष्फोट पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

यस समूहको प्रमुख उपेन्द्र घर्तीमगर रुकुमको जाङ-२ का हुन् । उनी सहितको भूमिगत समूहले रुकुमको जाङखार खोलामा सैन्य तालिमसमेत लिएको प्रहरी बताउँछ । सैन्य तालिम दिने कार्यमा माओवादी पूर्वलडाकू विमल विक संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो समूहले बैंक तथा वित्तिय संस्थामा लुटपाट गर्ने योजना बनाएको र प्रहरी कार्यालयमा आक्रमण गर्ने असफल प्रयास गरेको विशेष व्युरोका प्रमुख डिआइजी बमबहादुर भण्डारीले जानकारी दिए ।

जनअदालत गठन

लुटपाट र आक्रमण गर्ने योजनाअनुसार रुकुमबाट यो समूह रोल्पा पुगेको थियो । त्यहाँबाट काठमाडौं हुँदै सिन्धुपाल्चोक जाँदै गर्दा गत बुधबार भक्तपुर र सिन्धुपाल्चोकबाट हतियारसहित उनीहरुलाई पक्राउ गरेको डिआइजी भण्डारीले जानकारी दिए ।

मंगोलबासी राष्ट्रिय फोर्स नामक सैन्य दस्ताले रुकुममा जनअदालत समेत गठन गरेको र तत्कालीन विद्रोही माओवादीकै सैन्य फर्मेसनअनुसार क्षेत्रीय कमाण्डरहरु तोकेका छन् । पक्राउ परेकाहरुबारे विस्तृत अनुसन्धान भइरहेको डिआइजी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment