Comments Add Comment

ऋणमा डुवेपछि साझाले गुहार्‍यो सरकार

८ कात्तिक, काठमाडौं । साझा प्रकाशनले संस्थाको ऋण चुक्ता गर्न सरकारसँग ४० करोड रुपैयाँ आर्थिक सहयोग माग गरेको छ ।

Sajha-Publicationसाझा प्रकाशनको टोलीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न समयमा लिएको ऋण तिर्न सरकारसँग आर्थिक सहयोग माग गरेको हो ।

ऋण तिर्न नसकेपछि ललितपुरको पुलचोकस्थित केन्द्रीय कार्यालयको जग्गा लिलामीको लागि बैकले सुचना प्रकाशित गरेपछि साझा प्रकासनले सरकारसंग आर्थिक सहयोग मागेको हो ।

केन्द्रीय कार्यालय रहेको जग्गा लिलामीको लागि राष्ट्रिय सहकारी बैंकले सूचना निकालिसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै संस्थानका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्र शर्माले सरकारले आर्थिक सहयोग नगरे आफ्नो स्वामित्वका विभिन्न जग्गा बेचेर भएपनि केन्द्रीय कार्यालय रहेको जग्गा सकार्ने जानकारी दिए ।

आर्थिक अभावका कारण कर्मचारीलाई तलव खुवाउन र सेवा निवृत्त भएका कर्मचारीलाई उपदान उपलब्ध गराउन पनि समस्या परेको भन्दै महाप्रवन्धक शर्माले भूकम्पका कारण क्षति भएको कार्यालयको मर्मत गर्न नसक्दा पुस्तक संरक्षण गर्न पनि समस्या परेको गुनासो गरे ।

साझाले तत्कालीन समयमा राष्ट्रिय सहकारी बैकबाट ४ करोड ६० लाख रुपैया ऋण लिएको थियो । सो ऋणको व्याज सहित जनक शिक्षा लगायत अन्य सरकारी संस्थान र निकायसंगको ऋण पनि बढ्दै गएपछि साझा आर्थिक रुपमा धराशाही बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment