Comments Add Comment

‘लोकमानका कारण अख्तियारको गरिमामा गम्भीर असर पर्‍यो’

transparency-international-nepal८ कात्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले लोकमान सिंह कार्कीका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरिमामा गम्भीर असर परेको बताएको छ ।

भ्रष्टाचार निवारणको प्रमुख भूमिका निधाउनु पर्ने संवैधानिक आयोगका प्रमुख आयुक्त नै विधिको शासनको सम्वन्धमा अनुत्तरदायी र भ्रष्टचारकै विषयमा विवादित हुनु, कानुनी सर्वोच्चताको उल्लंघन गर्नु र सरकारको काममा हस्तक्षेप गर्नुले अख्तियारको काम, कारबाही र गरिमामा गम्भीर असर परेको छ, ट्रान्सपरेन्सीले भनेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी महासचिव पदि्मनी प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा अख्तियारलगायतका कुनै पनि संस्थामा हुने भ्रष्टाचारको विरोध गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment