Comments Add Comment

मोटरसाइकल चोरेर भाग्दा दुई पक्राउ

motercycle-chori

८ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका १, उमरीचोकबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा दुईजना रङ्गेहात पक्राउ परेका छन् ।

विशेष सूचना तथा निगरानीका आधारमा अपरेसनमा खटिएका प्रहरी टोलीले आइतबार विहान साढे ३ बजे मोटरसाइकल सहित चोरहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका २, विद्युतडाँडाका १८ बर्षीय सन्तोष लामा र सोही ठाउँका २१ बर्षीय लक्ष्मण थारु चौधरी छन् । उनीहरुलाई आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरीका घटना बढेको जनगुनासोसँगै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको स्टीङ्ग अपरेसन टिमले चोरहरुलाई रङ्गे हात पक्राउ गरेको हो ।

शिवराज नगरपालिका-१०, लक्ष्मीटोलका केशबहादुर सिंजाली थापाको घरको बरण्डामा लक गरी राखेको लु ८ प ४६९३ नम्बरका १८० सीसीको कालो रङको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

चोरले लक तोडेर चोरी गरी तीन जना एउटै मोटरसाइकलमा चढी लैजाने क्रममा सिभिल ड्रेसका प्रहरी टोलीले पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर झविन्द्र भट्टराईले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन चोरीको महल अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

यसैबीच अपरेसनका क्रममा वडा प्रहरी कार्यालयले एक सातामा कागजात नभएका ५ वटा मोटरसाइकल विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । जसमध्ये २२० सीसीको २ वटा पल्सर, १५० सीसीको २ वटा पल्सर र १५० सीसीको एउटा अपाचे मोटरसाइकल रहेका छन् ।

प्रहरीले बेवारिसे तथा अनुसन्धानका क्रममा मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी परिसरमा जम्मा गरी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment