Comments Add Comment

लघुकथा : बेकामे

‘यो घरका मान्छेले आज मलाई के भने, तैंले सुनिस् ? म काम नलाग्ने भएँ रे । पहिले आमा तिमी नजिकै सुत न, मलाई ढुक्क हुन्छ भन्ने छोरोले समेत चाँडै खाएर छतमा घाम ताप्न जाऊ भन्न थाल्यो’, झन्डै असी पुग्न लागेकी बूढी आमाले गोठभित्र पसेर आँसु झार्दै गुनासो पोखिन् ।

Mitra-Pathak_Rajuजवाफमा केही आएन ।

आमाले फेरि बोलिन्, ‘हेर्, मेरो यो लामो जिन्दगीले सिकेको कुरा के हो भने यहाँ तँ सँग केही हुन्जेल तेरा वरिपरि फकाउने र सुम्सुमाउने मान्छेको भिड लाग्छ । जब तँबाट केही पाउने आश हराउँछ नि, तब मान्छेको मनभित्रको हरि हराउँछ । पाप र धर्म हराइसक्यो हेर्, कलि लाग्यो भन्थे बल्ल महसुस हुँदैछ मलाई पनि !’

जवाफमा आँखाबाट थोरै आँसु खसेको देखिन् बूढी आमाले । लाग्न त उसलाई पनि त्यस्तै लागेको हुँदो हो । तर, बिचरा उसले कसरी व्यक्त गरोस्, कसले पो सुन्थ्यो अनि बुझ्थ्यो र उसका कुरा ? आजभोलि तिनै बूढी आमा साथी भएकी थिइन् उसको । सायद दुवैको व्यथा उस्तै थियो, कुन मानेमा भने आजभोलि दुवै बेकामे अर्थात् काम नलाग्ने भएका थिए ।

आमाले यस पटक उसको टाउको मुसार्दै भनिन् – ‘तँ थारो हुनु र म बूढी हुनु उस्तै भयो हेर्, हामी दुवै काम नलाग्ने भयौं यो घरका लागि !’

देवचुली ७, सिताबास, नवलपरासी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment