Comments Add Comment

लोकमानको बचाउमा उभिए गुरु ! पार्टी बैठकमै भने- लोकमानलार्इ किन हटाउने ?

guru-raj-ghimire-nc८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे अख्तियार प्रमुख लोकमान सिंह कार्कीको बचाउमा उत्रिएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको खुलेर विरोध गरे । महाअभियोग प्रस्तावको एमालेले अगुवाई गरेको भन्दै उनले भने, ‘झुण्डहरुको स्वार्थपूर्तिका लागि लोकमानलाई किन हटाउने ?’

कांग्रेसको सहयोगबिना महाअभियोगको प्रस्ताव पारित हुँदैन भन्ने जानकारी हुँदाहुँदै माओवादी केन्द्र र एमालेले अघि बढाएको कदमलाई रहस्यमय भएको उनले बताए । उनले एमालेका नेता अख्तियारको कारबाहीमा पर्दैछन् भन्ने हल्ला चलेका बेला सम्भवतः कारबाहीबाट बच्न उक्त प्रस्ताव आएको हुनसक्ने बताए ।

उनले लोकमानको विषयमा सर्वोच्च अदालतलाई नै निर्णय गर्न दिनु पर्नेमा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment