Comments Add Comment

नीता न्यूड ?

Nita Dhungana (5)
चलचित्र ‘पञ्चायत’मा नायिका नीता ढुंगाना न्यूड बनेको चर्चा गसिप बजारमा चलेको छ । केही बर्ष अगाडि सर्वाधिक सफल भएको चलचित्र ‘झोला’मा पनि नायिका गरिमा पन्तलाई कलात्मक रुपमा न्यूड देखाइएको थियो । महिला सती जानुपर्ने कथामा बनेको सो चलचित्रमा गरिमा कथाकै माग अनुसार न्यूड देखिएकी थिइन्, जसलाई निर्देशकले कलात्मक रुपमा खिचेका थिए ।

५० बर्ष पुरानो कथामा बनेको चलचित्र ‘पञ्चायत’मा पनि नायिका ढुंगानालाई न्यूड देखाइएको चर्चा चलेको छ । निर्देशक शिवम् अधिकारीले नीतालाई चलचित्रमा कलात्मक रुपमा न्यूड देखाएको खबर सार्वजनिक भएको हो ।

यस बिषयमा नायिका नीता ढुंगानालाई सोध्दा उनले आश्चर्य प्रकट गरिन् । पुरानो कथा भएकाले गाउँले पहिरन लगाएको उनले बताइन् । वुझिएअनुसार चलचित्रमा अभिनेत्री ढुंगाना न्यूड हुनुपर्ने दृश्य छ ।

यो दृश्यलाई निकै कलात्मक शैलीले खिचिएको वुझिएको छ । तर, पुरानो कथा भएकाले अहिले नै कुनै तस्बिर वा जानकारी सार्वजनिक गर्ने सोच निर्माणपक्षको छैन । यो चलचित्रको छायांकन आजबाट सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment