Comments Add Comment

गौशालामा खुल्यो महिन्द्रा गाडीको सर्भिस सेन्टर

balaju-auto
८ कात्तिक, काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्कसले आफ्नो आधिकारिक सर्भिस सेन्टर इलाइट अटोमोविल्स् उद्घाटन गरेको छ ।

इलाईट अटोमोविल्सको  उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरे । यो सर्भिस सेन्टर गौशाला पिंगलास्थानमा अवस्थित छ ।

बालाजु अटोवर्कसले ग्राहकहरुलाई सहज होस् भन्ने उद्देश्यले यस सर्भिस सेन्टरको स्थापना गरेको हो । अन्य सर्भिस सेन्टरको तुलनामा यस आधुनिक प्रविधिबाट सर्भिस गराईनुको साथै आवश्यक पाटपुर्जा पनि सर्भिस सेन्टरमा नै उपलब्ध छन् ।

दक्ष जनशक्तिबात सातै दिन, २४ सै घण्टा सर्भिस उपलब्ध रहनेछ । कुनै पनि स्थानमा गाडी बिगि्रएमा उक्त स्थानमा गई गाडी मर्मत गरिनुको साथै गडी सर्भिसको लागि लिन जाने तथा पुर्‍याउने सुविधाको व्यवस्था समेत रहेको छ ।

कात्तिक १०, ११ र १२ गते निःशुल्क सर्भिस क्याम्प रहेको कम्पनीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment