Comments Add Comment

अलगको बाँसुरी शृंखलामा झ्याउरे भाकादेखि रागसम्म

basuri

ललितपुर । सानो छँदा राजेश राई रेडियो नेपालबाट बज्ने बाँसुरीको धुन खुब चाख दिएर सुन्थे । त्यसपछिका दिनमा बाँसुरीप्रतिको मोह झन् बढ्दै गयो । अलग अभियानको बाँसुरी विशेष शृंखलामा राजेश बाँसुरीसँग साइनो गाँस्ने आफ्नो विगत सम्झँदै थिए ।

शृंखलाको सुरुवात गर्दै उनले ‘अल्झेछ क्यारे पछ्यौरी’ भाका पस्किए । यसपछि उनले झ्याउरे लोक भाका प्रस्तुत गरे । बाँसुरी वादनमा यी वादक एक्ला थिएनन् । लस्करै अन्य वादकहरु पनि श्रोतालाई मुग्ध बनाउन आफ्नो पालो पर्खेर बसेका थिए । उनीपछि आएका राम महर्जनले ‘माझी’ थिमको धुन र ‘राजामती’ सुनाए ।

यसपछिको क्रममा चित्र मगरले सङ्गिनी धुन बजाएर श्रोताहरुलाई झङ्कृत पारे । पूर्वी नेपालको खोटाङबाट पोर्चुगलसम्मको आफ्नो संघर्षपूर्ण यात्राबारे चर्चा गर्दै उनले केही भजन प्रस्तुत गरे । आफ्नो अन्तिम प्रस्तुतिमा उनले तिहार धुन पस्किए ।

सबैभन्दा अन्त्यमा मञ्चमा पलेँटी कसेका नगेन्द्र राईले राग दुर्गाबाट सुरुवात गरे । उनले अग्रजहरुको सम्मानमा ‘सावनको झरी बनी’, ‘यस्तो पनि हुँदो रै’छ’, ‘मुटु जलिरहेछ’, ‘छालहरु’ प्रस्तुत गरे । उनले शहरमा सङ्घर्षले आफूलाई धेरै कुरा सिकाएको भन्दै गाउँबाट शहर आएका प्राय: सबैको सङ्घर्ष कथा उस्तै हुने चर्चा समेत गरे । नयाँ एल्बममा समेटिने मण्डल साम्पाङको सङ्गीत रहेको ‘हियारी’पछि नगेन्द्रले अघिल्लो एल्बममा रहेको गुरु जीवन आलेको सिर्जना सुनाएर कार्यक्रमको बिट मारे ।

बाँसुरी वादकहरुलाई तबलामा विराज पोखरेल र मादलमा यमकुमार समालले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment