Comments Add Comment

एन्फा अध्यक्षमा पराजित शेर्पा भन्छन्- आर्थिक चलखेल भयो

मिलेर अघि बढ्छौं: अध्यक्ष श्रेष्ठ

karma-chiring-sherpa

८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदमा पराजित उम्मेदवार कर्मा छिरिङ शेर्पाले साधारणसभामा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । यद्यपी चुनावी परिणाम भने स्वीकार गर्ने उनले बताए ।

एन्फाको सोमबार भएको साधारणसभाबाट पूर्वअध्यक्ष गणेश थापा पक्षधर मानिने नरेन्द्र श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका छन् । श्रेष्ठसँग शेर्पा पाँच मतले पराजित भए ।

निर्वाचन परिणाम घोषणापछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै शेर्पाले मनोनयन दर्ता गर्दादेखि नै आर्थिक चलखेल भएको आरोप लगाए । लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएकाले नतिजा भने स्वीकार गर्ने उनले बताए ।

उनले भने, ‘म हारे पनि एजेण्डा नहारोस् ।’

शेर्पाले आर्थिक पारदर्शिता, तल्लो तहबाटै फुटबलको विकास लगायतका एजेण्डा अघि सारेका थिए ।

एन्फामा परिवारवाद हावी नहोस् भन्दै शेर्पाले अघि भने, ‘हामीले एन्फामा लोकतान्त्रिक प्रक्रिया खोजेको हौं । त्यस हिसाबमा भने हाम्रो जित भएको छ ।’

यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा हार जित स्वाभाविक भएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने बताए ।
उनले भने, ‘यो लोकतान्त्रिक प्रक्रिया हो । हामी मिलेर अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment