Comments Add Comment

अविवाहित प्रियंकालाई कसले भन्यो-‘तिमी गर्भवती हुन पाउँदिनौ’

priyanka-chopra-hot
बलिउड नायिका प्रियंका चोपडाले एक रोचक खुलासा गरेकी छिन् । बलिउड हुँदै हलिउड यात्रामा लागेकी प्रियंकाले एक संझौताको समयमा आफूमाथि राखिएको प्रस्तावलाई खुलासा गरेकी हुन् । एक ठूलो कम्पनीसँग उनलाई संझौता गर्नुपर्ने थियो । जसमा उनी ब्रान्ड एम्ब्यासडरको रुपमा काम गर्दै थिइन् ।

प्रियंकाले भनिन्-‘संझौताको एक वुँदामा भनिएको थियो कि, करार अवधी नसकिन्जेलसम्म गर्भवती हुन पाइदैन ।’ यो बुँदा पढेर आफूलाई निकै रिस उठेको उनको भनाई थियो । प्रियंकाले प्रश्न गरिन्-‘तपाई मलाई कसरी भन्न सक्नुहुन्छ कि म गर्भवती हुन पाउँदिन । न विरामी…न त तौल बढाउने कुरा…सिधै गर्भवती ।’

आखिर अविवाहित नायिकालाई किन सोझै गर्भवती हुन पाउँदिनौ भनेर प्रस्ताव गरियो होला ? कम्पनीलाई लागेको थियो कि नायिका गर्भवती भएको खण्डमा प्रोजेक्ट पुरा गर्न सकिदैन । तर, प्रियंकाले आफू भने गर्भवती भएको खण्डमा पनि काम गर्न तयार रहेको बताएकी थिइन् । यो बिषयलाई लिएर कम्पनी र नायिका चोपडाविच लामो समय विवाद भएको थियो ।

अन्त्यमा प्रियंकाले आफू गर्भवती भएर काम गर्न नसकेको खण्डमा संझौता कम्पनीले खारेज गर्ने र गर्भवती भएर पनि काम गर्दा कम्पनी सन्तुष्ट नभए आफूले संझौता तोड्न मिल्ने गरी संझौता गरिन् । तर, प्रियंकाले आफू गर्भवती हुन किन नपाउने भनेर विवाद किन गरिन् ? यो भने आफैमा रोचक कुरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment