Comments Add Comment

सामसुङले ल्याउने भयो ‘नोट ८’, ग्यालेक्सी प्रयोगकर्तालाई ५० प्रतिशत छुट

samsung-galaxy-note7

काठमाडौं । ‘ग्यालेक्सी नोट-७’ को असफलताबाट थच्चिएको कोरियाली स्मार्टफोन सामसुङले सन् २०१७ मा नोट-८ ल्याउने भएको छ ।

ग्यालेक्सी नोट-७ मा बिष्फोट हुने समस्या देखिएपछि सार्वजनिक गरेको केही हप्तामै सामसुङले सो मोडलको उत्पादन पूर्णरुपमा बन्द गरेको थियो ।

नोट ७ को उत्पादन बन्द गरे पनि नोटको लाइनअपलाई निरन्तरता दिने सामसुङले अठोट देखाएको छ ।

सामसुङको अफिसियल वेबसाइटमा अर्को बर्ष ग्यालेक्सी एस ८ र नोट ८ बजारमा ल्याउने जनाइएको छ । नोट ७ का कारण ब्राण्डले बेहोर्नु परेको क्षति न्यूनिकरण गर्न सामसुङले ग्यालेक्सी एस-७ र एस-७ एजका प्रयोगकर्ताले ५० प्रतिशत कम मूल्यमै नोट-८ र एस-८ किन्न पाउने ब्यवस्था गर्ने भएको छ ।

सामसुङ ग्यालेक्सी प्रयोगकर्ताले सामसुङ छाडेर अन्य ब्राण्डमा सिफ्ट हुनबाट रोक्न सामसुङले आधा मूल्यमै नयाँ सेट उपलब्ध गराउने योजना ल्याउन लागेको हो ।

वेबसाइटमा नयाँ मोडलहरुको रिलिज डेट र त्यसका बिशेषताहरु भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment