Comments Add Comment

एमाले बाराको अध्यक्षमा सुन्दर विश्वकर्मा निर्वाचित

८ कात्तिक, बारा । नेकपा एमाले बाराको नवौं अधिवेशनले सुन्दर विश्वकर्माको अध्यक्षतामा ६९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी रविनदास श्रेष्ठलाई ६५ मतले पछि पार्दै विश्वकर्माले जीत हासिल गरेका हुन् । विश्वकर्माले २२३ र श्रेष्ठले १५८ मत पाए ।

sundar-bkत्यसैगरी उपाध्यक्षमा देवनारायण चौधरी, सचिवमा एम समिउल्लाह र उपसचिवमा राजेन्द्र कलवार निर्वाचित भएका छन् । चौधरीले २१९, समिउल्लाहले २०० र कलवारले १६९ मत पाएका छन् ।

त्यस्तै खुला सदस्य पदमा कृष्ण पौडेल सर्वाधिक मत ल्याई निर्वाचित भएका छन् । उनले १७९ मत ल्याएका थिए ।

खुलातर्फ अन्य निर्वाचित हुनेमा मनोज पौडेल, अनिल मैनाली, विजेन्द्र चौधरी, भरत भण्डारी, ढुण्डीराज उप्रेती र नारायण गौतम रहेका छन् ।

त्यस्तै क्षेत्रगत रुपमा क्षेत्र नम्बर १ बाट सुरेश कुमार यादव, रामदिनेश यादव र रामपती जायसवाल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ बाट अमरदेव यादव, कौशलकिशोर सिंह, महानन्द यादव र सरस्वती यादव, क्षेत्र नम्बर ३ बाट वीरेन्द्र यादव, जवाहिर अन्सारी, शेषनाथ कुशवाहा र गौरी ढकाल, क्षेत्र नम्बर ४ बाट ईश्वर ढकाल, अमर यादव, धर्मदेव यादव र विद्या थापा निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर ५ बाट गोविन्द पौडेल, विक्रम ठाकुर, शिवनारायण चौधरी र कल्याणी विमली र क्षेत्र नम्बर ६ बाट पुनदेव रौनियार, विश्वनाथ लामिछाने, ताराबहादुर कार्की र दुर्गा कोइराला निर्वाचित भएका छन् ।

-कृष्ण पौडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment