Comments Add Comment

टर्किस एयरको दुर्घटनाग्रस्त विमान वेद उप्रेतीले किन्ने

फाइल फोटो
फाइल फोटो

८ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको टर्किस एयरलाइन्सको एयर बस नेपाली पाइलट वेद उप्रेतीले खरिद गर्ने भएका छन् । यसलाई म्युजियम बनाउने उप्रेतीको योजना छ ।

उप्रेतीले उक्त विमान आफूले किन्ने पक्का भएको फेसबुकमार्फत जानकारी दिएका छन् । यो विमान ०७१ फागुन १९ गते अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । र, मर्मत गरेर उडाउन मिल्दैन ।

जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकल र वेद उप्रेती ट्रस्टबीच जहाज खरिद बिक्रीसम्वन्धी सम्झौता भएको छ । तर, दुबै पक्षले खरिद रकम भने सार्वजनिक गरिएको छैन ।

एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन् र इन्डोनेसियाको लायन एयरको विमान उडाउँछन् ।

उप्रेतीले दुई वर्षअघि कैलालीको धनगढीमा एयरक्राˆट म्युजिमय बनाएका छन्, जुन लोकपि्रय छ ।

टर्किससँग खरिद गरिने एयरबस ए-३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment