Comments Add Comment

राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

Ministry-of-Home८ कात्तिक, काठमाडौं । तिहारका अवसरमा खेलिने देउसी तथा भैलो लगायत सांस्कृतिक कार्यक्रम राति १० सम्म मात्र गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने जनाउँदै १० बजेपछि त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले तिहार र छठ जस्ता पर्वमा भुइँचम्पा, पटाका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने भएकाले तिनको उत्पादन, आयात, निर्यात तथा बिक्रीवितरण नगर्न पनि सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment