Comments Add Comment

मेलम्ची खानेपानी वितरण गर्न नौ ठाउँमा रिजर्भ ट्यांकी

melemchi९ कात्तिक, काठमाडौं । आउने दसैंँसम्म काठमाडौंका बासिन्दाले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी खान पाउने भएका छन् । आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले १५ असोज ०७४ मा उपभोक्ताको धारामा मेलम्चीको पानी आउने प्रतिवेदन संसद्को विकास समितिमा पेस गरेका छन् ।

मेलम्ची खानेपानी वितरण गर्न नौ ठाउँमा पानी जम्मा गर्ने रिजर्भ ट्यांकी निर्माण गरिँदै छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार आरुबारी, महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार, बालाजु, कीर्तिपुर, टिङ्नी र कटुन्जेमा ट्यांकी निर्माण हुँदै छ ।

चार प्याकेजमा विभाजन गरी ट्यांकी निर्माण गरिँदै छ । प्याकेज १ को आरुबारी, महांकाल चौर र बाँसबारीमा ट्यांकी निर्माणको काम ५९ प्रतिशत सकिएको अाजको नयाँ पत्रिकामा समाचार छ ।

प्याकेज २ मा पानीपोखरी र खुमलटारमा ट्यांकी निर्माण ६७.५ प्रतिशत सकिएको छ । प्याकेज ३ अन्तर्गतको बालाजुमा निर्माणाधीन ट्यांकीको काम ५८.४५ प्रतिशत सकिएको छ । प्याकेज ४ अन्तर्गतको कीर्तिपुर, टिङ्नी र कटुन्जेमा पनि ट्यांकी प्रारम्भिक चरणमा निर्माण हुँदै छ । सबै काम सक्न एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment