Comments Add Comment

एनआरएन बेल्जियमको एघारौ साधारण सभा सम्पन्न

belgium-nrn-1बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको एघारौ साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ ।

लुभेनको ओंज हाउसमा गरिएको साधारण सभामा नेपाली दुतावास ब्रसेल्सका कावा राजदुत धनश्याम भण्डारीले प्रमुख आथितिको आसन बाट बोल्दै गैर आवासीय नेपाली संघ बेल्जियमले गरेका बार्षिक गतिविधि अन्तर्गत उल्लेखीय कार्य गरेको चर्चा गर्दै नेपाल सरकारले आर्थिक सहयोग अन्तर्गत रेमिटेन्स, सामाजिक सेवा, डायस्पोरामा रहेका नेपालीको ज्ञान, सीप र क्षमता लाई बिकासको रुपमा भित्र्याउन पहल गरेको साथै बिभिन्न रचनात्मक कार्यको लागी आफ्नो शुभकामना व्यक्त गरेका थिए ।

त्यसै गरि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद उपाध्यक्ष कुमार पन्त विशिष्ट अतिथिको रुपमा  एनआरएनको दोहोरो नागरिकता संबिधानमा पारित भई कानुन बन्ने प्रक्रियामा रहेको साथै भूकम्प पुननिर्माण कार्य अन्तर्गत गोर्खामा एकहजार घर निर्माण प्रक्रिया अगाडी बढेको साथै संस्थाको आफ्नै भवन निर्माण को कार्य लगाएत लगानीका कार्यहरुका पनि रहेको बताए ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै अध्यक्ष गंगाधर गौतमले गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तराष्ट्रीय समन्वय परिषदले निर्देशन गरेका कार्यहरु गरेको, बेल्जियममा नेपाल र नेपाली प्रवर्धनका लागी बिभिन्न सामाजिक, बैचारिक तथा जातीय संघ-संस्था संग हातेमालो गर्दै  उल्लेखीय कार्यहरु गरेको साथै  सहयोग गर्नु हुने सम्पूर्ण लाई बिशेष धन्यबाद दिएका थिए ।

अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ, सल्लाहकार पीजी शेर्पा, महिला उपसंयोजक रजनी प्रधान, महिला  उपसंयोजक रजनी प्रधान,  यूरोप उपसंयोजक प्रेम गुरुङ, आईसीसी सदस्य जानकी गुरुङ, जनसम्पर्क समिति बेल्जियम का अध्यक्ष सुभाष जोशीले अाफ्नो धारणाा राखेका थिए ।

belgium-nrn-2जनप्रगति शिल मंच यूरोपका सुरेन्द्र भुषाल, प्रवासी नेपाली मंच का बोधराज पौडेल, जनसम्पर्क समिति यूरोपका बलिराम झा, जनप्रगतिशील मंच का चित्र सुवेदी, राप्रपा नेपाल बेल्जियमका दिपेन्द्र केसी, नेपाली संघ का दिपेन्द्र केसी, जनप्रगतिशील मोर्चा मेख गुरुङ,  नेपाल पत्रकार महासंघ यूरोप शाखाका डिल्ली अम्बाई, संघीय समाजबादीका लोक राना तथा जनजाति महासंघ बाबुराजा लामा ले आ-आफ्नो शुभकामना मन्तब्य व्यक्त गरेका थिए साथै सस्थापक अध्यक्ष्य रबिन्द्रमान श्रेष्ठ आईसीसी सदस्य द्वय चिज कुमार श्रेष्ठ र  नेत्र मगर समेत रहेका थिए   ।

बेल्जियममा रहेका बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु एवं बिभिन्न महानुभाव हरुको उल्लेखीय उपस्थिति रहेको उक्त कार्यक्रममा संघका उपाध्यक्ष पदम गुरुङले  आफ्नो मन्तब्य द्वारा स्वागत गरेका थिए भने प्रमुख अतिथि तथा विशिष्ट अतिथि तथा सभापतिले सयुक्त रुपमा पानस मा बत्तिबाली कार्यक्रमको उद्घाटन गरिएका थिए भने महासचिब लोक दाहाले पहिलो चरणको उद्घाटन सत्र संचालन गरेका थिए  ।

कार्यक्रमको दोश्रो अर्थात बन्द सत्र अन्तर्गत गैर आबासिय नेपाली संघ बेल्जियमका पंजीकृत सदस्यहरुले संस्थाले गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रगती प्रतिबेदन, महिला संयोजक बाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रिय बिधानको मुल आधारमा रही बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले गरेका सम्पूर्ण बैठक, भेला र छलफल बाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पारीत गरेका  थिए ।

साथै एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देशन गरे अनुसार गैर आवासीय नेपाली संघ बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ बेल्जियमले एक बिज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment