ऐतिहासिक महत्वका चिजहरुलाई सुरक्षित राख्दै सर्वसाधारणलाई समेत देखाउनका लागि संग्राहलयको स्थापना गरिन्छ । तर आइसल्याण्डमा भने एउटा निकै भिन्न तथा अनौठो खालको संग्राहलय छ । उक्त संग्राहलयमा ऐतिहासिक महत्वका चिजहरुको साटो थरी थरीका भाले यौनांग अर्थात् लिंग रहेका छन् ।
यो विश्वको एकमात्र लिंग स्रग्राहलय हो । यसमा विभिन्न जनावरका मात्र होइन मानिसका पनि लिंगहरु संग्रहित गरेर राखिएको छ ।
यो संग्राहलयको नाम आइसल्याण्डिक फेलोलोजिकल म्यूजियम हो । आइसल्याण्ड निवासी सिगरदर जरटर्सनले सन् १९९७ मा यो पेनिस म्युजियमको स्थापना गरेका हुन् ।
सन् १९७४ मा सिगर्दरलाई उनका साथीले उपहारको रुपमा साँढेको लिंग दिएका रहेछन् । त्यसपछि उनका अन्य साथीहरुले पनि उपहारका रुपमा थरी थरीका विभिन्न जनावरका भाले यौनांग उपहार दिए । आफुसँग लिंगहरुको संग्रह प्रसस्तै भएपछि सिगर्दरले सन् १९९७ को अगष्ट २३ मा आफ्नो जन्मदिनको अवसरमा ६३ प्रकारका लिंगहरु राखेर आइसल्याण्डिक फेलोलोजिकल म्युजियम खोले ।
दुइ दशकपछि अहिले उक्त संग्राहलय पर्यटकीय गन्तव्य बनेको छ । अहिले त्यहाँ २ सय ८६ लिंग राखिएको छ । जसमा व्हेल माछा देखि लिएर मुसा, घोडा तथा हात्तिका लिंग राखिएको छ ।
इो संग्राहलय प्रवेशका लागि १३ डलर शुल्क लाग्दछ । संग्राहलय भित्र एक गिफ्ट शप पनि छ जसमा कण्डम तथा लिंग आकारका विभिन्न चिजहरु किन्न पाइन्छ ।
सन् २०१५ मा यो संग्राहलयलाई एउटा मानव लिंग प्राप्त भयो । अन्य चार जना पुरुषहरुले पनि आफ्नो मृत्यु भएसँगै संग्राहलयलाई आफ्नो लिंग दान गर्ने कबूल गरेका बताइएको छ ।