Comments Add Comment

बिहीबार आउँदैछ एप्पलको नयाँ म्याकबुक प्रो

appleएप्पलले आगामी अक्टोबर २७ (बिहीबार) मा आफ्नो संस्करणको म्याकबुक प्रो सार्वजनिक गर्ने भएको छ ।

अक्टोबर २७ का लागि तय गरिएको समारोहमा उपस्थित हुन एप्पलले मिडियाहरुलाई निम्तो पठाएको छ । उक्त समारोहमा एप्पलले नयाँ म्याकबुक प्रो सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

एप्पलको मिडिया निम्तो हेलो अगेनमा अक्टोबर २७ का दिन कुपर्टिनोस्थित एप्पल क्याम्पसमा आउन भनिएको छ । उक्त समारोहमा नयाँ म्याकबुक प्रो सँगै म्याकबुक र म्याकबुक एयरका समेत नयाँ संस्करण लञ्च हुने अपेक्षा गरिएको छ ।

एप्पलको हाल बजारमा रहेको म्याकबुक प्रो एकवर्ष पूरानो भैसकेको छ र यसको प्रोसेसर अझ दुईपुस्ता पूरानो भैसकेको छ ।
नयाँ म्याकबुक प्रोमा डाइनामिक किबोर्ड हुनेछ । जसमा विद्यमान किबोर्डको माथिपटि्ट टच सेन्सेटिभ ओएलइडी प्यानल हुनेछ । त्यस्तै यसको डिजाइन समेत पूरानो भन्दा भिन्नै हुने र पूरानो युएसबी पोर्टको साटो युएसबी टाइप सी चार्जिंग रहनेछ ।

ब्लुम्बर्गका अनुसार एप्पलले सोही दिन आइम्याक डेक्सटप, म्याकबुक एयरका साथै फाइभ के मोनिटर सार्वजनिक गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment