Comments Add Comment

धेरै काममा हात हाल्नु मस्तिष्कका लागि घातक

multitasking-is-bad-for-your-brainधेरै मानिसहरु आफुलाई बहुमुखी प्रतिभाको धनी ठान्छन् । आफुले एकसाथ धेरै काममा हात हाल्नसक्ने र सबै काम सफलतापूर्वक गर्नसक्ने दाबी उनीहरुको हुन्छ ।

तर यसो भनिरहँदा उनीहरुले आफ्नो दिमागी क्षमत क्षयिकृत गरिरहेका हुन्छन् भन्ने चाहीँ थाहा पाउँदैनन् । वैज्ञानिकका अनुसार एकसाथ धेरै काममा हात हाल्नालेे मस्तिष्कमा क्षति पुग्दछ ।

स्नायु वैज्ञानिकका अनुसार हाम्रो मस्तिष्क एक पटकमा एउटा मात्र काममा केन्द्रित हुनेगरी डिजाइन भएको हुन्छ । त्यसैले मस्तिष्कमा एकसाथ धेरै कामहरुको बमबारी गर्नु भनेको दिमागलाई क्षतिग्रस्त बनाउनु हो ।

एकसाथ धेरै काम गर्नुलाई मल्टिटास्किंग भनिन्छ । यसो गर्दा मस्तिष्क एउटा कार्यबाट अर्को कार्यमा तिव्र रुपमा विषयान्तर भइरहेको हुन्छ  । जसका खातिर मस्तिष्कले मूल्य चुकाइरहेको हुन्छ ।

मल्टिटास्किंगले मस्तिष्कलाई खराब बानीका लागि उत्प्रेरित गर्दछ । जब हामीले कुनै सानो काम गर्दछौँ तब मस्तिष्कले ठूलो मात्रामा डोपामाइन हर्मोन उत्सर्जन गर्न थाल्दछ । यो सफल कार्यको लागि पुरस्कार स्वरुप मस्तिष्कले उत्सर्जन गर्ने हर्मोनको रुपमा चिनिन्छ । जसका कारण हाम्रो मस्तिष्क केवल स साना तथा हल्का कामहरुमा विषयान्तर भैरहने र सन्तुष्टि हासिल गर्ने हर्मोन उत्सर्जन गरिरहने कुरामा पोख्त बन्दछ ।

यस्तो क्रिया भैरहँदा त्यसले खतरनाक पृष्ठपोषण श्रृंखला तयार गर्दछ र हामीले खासै उपलब्धी प्राप्त नगरिरहेको अवस्थामा समेत ठूलो उपलब्धी गरेको अनुभुति हुन थाल्दछ । जसका कारण गम्भीर तथा लामो र जटिल खालका कार्यहरु गर्ने र आलोचनात्मक दृष्टिकोणले हेर्ने क्षमतामा क्षयिकरण हुन्छ ।

बेलायतको ससेक्स विश्विद्यालयका शोधकर्ताहरुका अनुसार मल्टिटास्किंगका पारखीहरुको मस्तिष्कको एन्टेरियर सिगुलेट कर्टेक्स भनिने भागकोे घनत्व कम हुन्छ । यो भाग समवेदना तथा संवेगात्मक नियन्त्रणसँग सम्बन्धित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment