Comments Add Comment

लोकमानलाई महाअभियोग लगाउनुको कारण अस्पष्टः यादव

छठसम्म संविधान संशोधन नभए आन्दोलन गर्ने चेतावनी

upendra yadav

९ जनकपुर, कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमा आफ्नो पार्टीको कुनै सरोकार नभएको बताएका छन् । लोकमानलाई अख्तियारको प्रमुखमा नियुक्त गर्ने दलले नै अहिले महाअभियोग लगाउनुको कारण स्पष्ट नभएको उनले बताए ।

मंगलवार प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले महाअभियोगको कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो विषयको कुरा नरहेको बताए ।

‘महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेका हुन्, आखिर अहिले महाअभियोग किन लगाइँदै छ, त्यो स्पष्ट हुनुपर्‍यो,’ अध्यक्ष यादवले भने ।

उनले महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने आन्दोलनमा जाने चेतावनी दिए । सहमतिअनुसार छठसम्म संविधान संशोधन विधेयक नआए नयाँ जनक्रान्तिसहित आन्दोलनमा जाने अध्यक्ष यादवको भनाइ छ ।

संविधान संशोधन नभए मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित, महिला लगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने अवस्थामा रहेकाले सत्तारुढ दललाई सचेत हुन उनले आग्रहसमेत गरे ।

अध्यक्ष यादवले स्वायत शासन प्रादेशिक संरचनासहितको श्रोत साधनमा समानुपातिक समावेसी ढंगबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment