Comments Add Comment

अमेरिकामा नन्दितालाई भ्याइनभ्याइ, भन्छिन्- यहाँको जीवनशैलीले लोभ्यायो

nandita-kc-3

काठमाडौं । चार महिना अगाडि अमेरिका पुगेकी नायिका नन्दिता केसी उतै व्यस्त बनेकी छिन् । यो बसाइमा उनले पाँच वटा भिडियो र एउटा सेल्युलोइड फिल्ममा अभिनय गरिसकिन् ।

अमेरिकाको विभिन्न राज्यमा नेपाली समुदायले गर्ने साँस्कृतिक कार्यक्रम, कन्सर्ट, फेशन शो लगायतमा पनि नन्दितालाई भ्याइनभ्याई छ । ‘साँच्चै ब्यस्त भइरहेको छ यहाँको दैनिकी’ अनलाइनखबरसंग कुरा गर्दै नन्दिताले भनिन् ।

दोस्रो पटक अमेरिका गएकी नन्दिता दुई महिनापछि नेपाल फर्किने छिन् । बाँकी दुई महिनामा पनि उनी खाली बस्ने छैनन् । विभिन्न कार्यक्रमबाट निम्ता आइरहेको छ उनलाई । नन्दिताले भनिन्, ‘यहाँ बस्नुहुने नेपाली दाजु-भाई, दिदी-बहिनीले निकै माया गर्नु भएको छ ।’

केहि इभेन्टमा आफ्नो प्रस्तुति दिएकी नन्दिता केहि कार्यक्रममा निणर्ायकको रुपमा सहभागी भइन् । अमेरिका पुगे लगत्तै नन्दिताले ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामको नेपाली फिल्ममा नायिकाको भुमिका निर्वाह गरिन् । अमेरिकामै बस्दै आएका इश्वर थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा नन्दिताले मुख्य भुमिका निर्वाह गरेकी छिन् भने यसको सम्पूर्ण सुटिङ अमेरिकामै गरिएको छ ।

‘दुई सातापछि प्रेशमिट गरेर फिल्मवारे सम्पूर्ण जानकारी दिने योजना छ’ नन्दिताले भनिन् । यसमा उनको नायक बनेका छन् इशान ढकाल, जो अमेरिकामै मोडलिङमा सक्रिय छन् ।


अमेरिकी जीवनशैलीले लोभ्यायो

अमेरिका पुगेका सबैजसो कलाकारले एकै स्वरमा भन्ने गर्छन्, ‘यहाँ श्रमको निकै सम्मान हुन्छ ।’ नन्दिताले पनि यही भनाई दोहोर्‍याइन् । उनी भन्छिन्, ‘यहाँ कोहि पनि व्यक्ति आफ्नो कामको लागि अरुको भर पर्दैन । आफ्नो काम आफै गर्नुपर्छ भन्ने संस्कार सबैमा छ ।’

नेपालमा यो काम ठूलो र यो सानो भनेर छुट्याउने चलन रहेको भन्दै उनले अमेरिकामा सबैले आफ्नो क्षमता अनुसार काम गर्ने र सबैले सबैको सम्मान गर्ने बताइन् । सबै जना सँधै ब्यस्त भएको देखेकी नन्दिता अमेरिकामा बस्ने सबैको जीवनशैलि लोभलाग्दो भएको बताउछिन् ।

nandita-3

ग्लोबल नेपाली फिल्म अवार्डमा भाग लिने

कोलोराडो राज्यको डेनभरमा पहिलो पटक आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म फेष्टिवल’ मा पनि नन्दिताको सहभागिता रहने छ । सो फेष्टिवललाई भब्य बनाउने तयारी भएको उनी बताउछिन् ।

आउदो २७ कात्तिकमा हुने फेस्टिवलमा उत्कृष्ट नायक, नायिका, चलचित्र लगायत आठ विधामा अवार्ड प्रदान गरिने भएको छ । यस्ता समारोहले नेपाली चलचित्रलाई विदेशी बजारमा पुर्‍याउन सहयोग मिल्ने नन्दिताको भनाई छ ।

समारोहमा अमेरिकामै रहेका युना उप्रेती, नारायण त्रिपाठी, नारायण पुरी लगायतका कलाकार सहभागी हुने भएका छन् । त्यस्तै नेपालवाट नीर शाह, कृष्ण मल्ल, सुनिल थापा, बसुन्धरा भुषाल, शम्भुजीत वास्कोटा लगायत सहभागी हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment