Comments Add Comment

घाँटीमा बन्चरो प्रहार गरी श्रीमानको हत्या

९ कात्तिक, कैलाली । आपसी घरायसी झैझगडा हुँदा श्रीमतीले श्रीमानको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेकी छिन् ।

Bancharoकैलालीको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हुँदै गर्दा बन्चरोको प्रहारबाट उक्त घट्ना भएको भनी अनुसन्धानमा खुलेको जनाएको छ ।

हत्या गरी भागेकी श्रीमतीलाई भने घोडाघोडी नगरपालिकाकै थुम्की भन्ने स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

यसैगरी घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणमा परेकी छिन् । कैलालीको अत्तरिया नगरपालिका–१० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण स्वास्थ्य जोखिममा परेको हो ।

चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताए ।

उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो ।

सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment