Comments Add Comment

मलेसियाको अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुस्थित एक अस्पतालमा भएको आगलागीमा परि सघन कक्षमा उपचाररत ६ जना गम्भीर बिरामीको मृत्यु भएको छ ।

malaysia-hospital-aaglagiजोहर आगलागी नियन्त्रण तथा उद्धार बिभागका अनुसार सुल्तानाह अमिनाह अस्पतालमा आज बिहान लागेको आगलागीमा आइसीयुमा उपचाररत ६ जनाको मृत्यु भएको हो ।

अस्पतालको दोस्रो तल्लामा लागेको आगोमा परि आइसियुमा उपचाररत सातमध्ये ६ जनाको मृत्यु भएको बिभागका निर्देशक ओठमान अब्दुल्लाहले जानकारी दिएका छन् । एन जनालाई भने उद्धारकर्ताले बाहिर निकालेका थिए ।

बिभागका निर्देशक अब्दुल्लाहले आइसियुका बिरामीको बेड यताउता सार्न नमिल्ने भएकाले क्षति बढी हुन पुगेको बताएका छन् ।

अस्पतालमा लागेको आगो नियन्त्रणका लागि १० दमकल र १६६ उद्धारकर्ताको परिचालन गरिएको थियो । जोहरबारु पुलिस प्रमुख एसिपी सुलइमान सल्लेहका अनुसार पाँच जनाको शव बिहान सवा ११ बजे निकालिएको थियो भने त्यसको केहि समयपछि अर्का एक मृतकको शव निकालिएको थियो ।

अस्पतालमा आगलागी भएपछि त्यहाँ उपचाररत अन्य बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment