Comments Add Comment

सयपत्रीले ढकमक्क नागार्जुन, हेर्नुस् १० तस्वीर

sayapatri-flower-1
९ कात्तिक, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायण क्षेत्र यतिबेला सयपत्री फूलले ढकमक्क छ । तिहारका लागि स्थानीय किसानले आफ्नो बारीमा रोपेको सयपत्री फूल यतिबेला नागार्जुन क्षेत्रको विशेष शोभा नै बनेका छन् ।

sayapatri-flower-6
स्थानीयले तहिारमा आम्दानी गर्ने हेतुले आफ्नो खेतबारीको कान्ला, डिल तथा खोरियामा पनि फूल रोपेका छन् । सयपत्री फूलका लागि जग्गा छुट्याउनु नपर्ने भएकाले बारीको पाटाका छेउ-छाउमा पनि फूलको बगैँचाजस्तै देखिन्छ । कतिपयले भने जग्गा छुट्याएर पनि फूल रोपेका छन् ।

स्थानीयले व्यवसायिक रुपमा रोपेका फूललाई तिहारको समयमा आफ्नो आम्दानीको स्रोत बनाएका छन् । फार्म नै स्थापना नगरेपनि मौसमी रुपमा तिहारमा लागि उनीहरुले सयपत्री फूल रोपेका हुन् । यसवर्ष सयपत्री फूलको राम्रो उत्पादन भएकाले किसानहरु पनि दंग छन् ।

sayapatri-flower-3
बोटबाटै बिक्री

उनीहरुले रोपेको सयपत्री फूल बोटमा छँदै बारीबाटै बिकिसकेको छ । स्थानीय थोक ब्यापारीले बारीभरिको फूल हेरेर मोल दिइसकेका छन् । कतिपय कृषकले आफ्नो बारीमा लगाएको फूलको मूल्य एकमुष्ठ ८० देखि ९० हजार रुपैयाँसम्म बुझेका छन् ।

sayapatri-flower-4
यसैकारण उत्पादित फूल बोकेर बजारमा जानुपर्ने बाध्यता र झन्झट किसानलाई छैन । ब्यापारी नआउने हो भने यसलाई टिपेर मुठा या माला बनाएर बजार लैजानुपथ्र्यो ।

बारीबाटै फूल बिक्ने भएकाले पनि किसानलाई यो खेतीले तानेको हो । स्थानीयहरु ब्यापारीले फूल टिपेर नलगेसम्म भने यसको स्याहारमा व्यस्त भेटिन्छन् ।

sayapatri-flower-5
तिहार खर्च जुटाउने बाटो

तिहारमा भारतबाट झण्डै २ लाख सयपत्रीको माला ल्याउने तयारी छ । तर, काठमाडौंकै डाँडापाखामा किसानले उत्पादन फूलले भने उत्पादनमा ध्यान दिने हो भने फूलका भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था नहरेको सन्देश दिन्छ ।

sayapatri-flower-6
तिहारमा देशभर १० लाख मालाको कारोबार हुन्छ । जसमा ८ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । अहिले काठमाडौंको आसपासका क्षेत्रमा मात्रै होइन, प्रायः नेपालका पहाडी क्षेत्रका गाउँबस्तीमा यतिबेला सयपत्री फूल व्यवसायिक रुपमा उत्पादन भइरहेको छ ।

प्रायः गाउँघरमा फूलको माला आफ्नै बारीमा उत्पादन गरेर लगाउने प्रचलन छ । बढी भएको फूल बेचेर तिहारका लागि खर्च जुटाउने कृषक धेरै छन् ।

sayapatri-flower-7
ग्रामीण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा यो समयमा फूल र मालाको माग उच्च हुन्छ । तर, पछिल्लो समयमा कौसी तथा गमलामा फूल उत्पादन गर्ने क्रम पनि बढेको छ ।

तिहारमा घर सजाउनदेखि भाइटीका र पुजाआजाका लागि फूलको माला अनिवार्य मानिन्छ ।

sayapatri-flower-8
sayapatri-flower-9
sayapatri-ful-10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment