Comments Add Comment

भुजी लिग फुटवलमा लेसुखोला र सरस्वती प्रि-क्वाटरफाइनलमा

likhu-vuji-league-football

९ कात्तिक, रामेछाप । रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा दुई टिमले प्रि-क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

लेसुखोला लघुजलविद्युत् परियोजना र प्रीतिको सरस्वती युवा क्लब पि्रक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित हात पार्दै लेसुखोला समूह ‘ए’ तथा सरस्वती समूह ‘डी’बाट अन्तिम १६ मा पुगेको हो ।

सोमबार लेसुखोलाले लिखु सुसेलीलाई ४-० गोलअन्तरले पराजित गर्‍यो । यस्तै सरस्वतीले लिखु भुजी रामेछाप युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो । भुजी खेल मैदानमा भएको एकपक्षीय खेलमा लेसु खोलाले चारै गोल पहिलो हाफमा सम्भव बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment