Comments Add Comment

अख्तियार मैले बनाएको हुँ, तर लोकमानले आतंक सिर्जना गर्ने संस्था बनाएः देउवा

Sher Bahadur Deuba

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकमानसिंह कार्कीले अख्तियारलाई आतंक सिर्जना गर्ने संस्थाका रुपमा स्थापित गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकको समापन गर्दै देउवाले कार्कीको चर्को आलोचना गरेका छन् । शाही आयोगले भन्दा बढी आतंकित बनाएको र देश नै आतंकित भएको देउवाको आरोप छ ।

बैठकमा देउवाले अख्तियार आफूले नै बनाएको स्मरण गरे । भ्रष्टाचार धेरै बढ्यो भन्ने गुनासो आएपछि कडा कानुन कहाँ छ भनेर खोजेको र फ्रान्समा यस्तो अभ्यास भएको पाएपछि त्यस अनुसार नै आफू प्रधानमन्त्री हुँदा अख्तियार बनाएको देउवाले बताए ।

तर, लोकमानसिंह कार्कीको गतिविधिका कारण अख्तियार आतंक सिर्जना गर्ने संस्था जस्तो भएको बताए ।

कांग्रेस सभापति देउवाले अब कस्तो अख्तियार बनाउन चाहेको भन्दै गम्भीर छलफल गर्नुपर्ने बताए । अख्तियारलाई असीमित अधिकार दिइएको भन्दै उनले लोकमान गएर अर्को कोही आए पनि यस्तै हुन सक्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment