Comments Add Comment

अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा बुझ्नुस् यी २२ शब्दका अर्थ

 

trump-and-hillary
अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार डोनाल्ड ट्रम्प (बायाँ) र हिलारी क्लिन्टन

९ कात्तिक, काठमाडौं । अमेरिकामा अर्को महिना राष्ट्रपति निर्वाचन हुन लागेको छ । यतिबेला त्यहाँ चुनाव प्रचार तीव्ररुपमा चलिरहेको छ । सिंगो विश्वको ध्यान खिचेको यस चुनावले इन्टरनेट, टिभी तथा अखबारमा पनि कब्जा जमाइरहेको छ ।

सञ्चारमाध्यममा अमेरिकी चुनावका बारे प्रकाशित/प्रशारित समाचारका कतिपय शब्दहरुमा तपाईं अल्मलिनुहुन्छ होला । हामी यहाँ तपाईंलाई केही चर्चित शब्दहरुबारे परिचित गराउनेछौं जुुन अमेरिकी चुनावका सन्दर्भमा बारम्बार प्रयोग हुन्छन् ।

१. ब्यालेन्सिङ द टिकट (उम्मेदवारको तालमेल): अमेरिकामा राष्ट्रपति चुनावका उम्मेदवारले आफ्नो ‘रनिङ मेट’ अर्थात उपराष्ट्रपति पदको उम्मेदवार तय गर्दछ । दुवैको चुनाव एकसाथ हुन्छ । राष्ट्रपति पदको उम्मेदवारले आफूमा भएको कमीलाई पुर्ति गर्ने गरी आफ्नो रनिङ मेटको छनोट गर्छ ।

२. ब्याटलग्राउन्ड स्टेट (निर्णायक भूमिका निभाउने राज्य): अमेरिका ५० वटा राज्य मिलेर बनेको छ । यसमा धेरैजसो राज्यको झुकाव देशका दुई प्रमुख दल रिपब्लिकन वा डेमोक्रेटतर्फ हुन्छ । तर केही राज्य यस्ता छन् जो हरेक चुनावमा उम्मेदवारका लागि ती राज्य कुन उम्मेदवारतर्फ जान्छन् भन्ने अन्तिम क्षणसम्म पनि प्रष्ट हुँदैन । ऐतिहासिक रुपमा फ्लोरिडा, ओहायािे र पेन्सिल्भेनिया राज्य अमेरिकी राष्ट्रपति चुनावमा ब्याटलग्राउन्ड स्टेट मानिन्छन् ।

३. बेलवेदर स्टेटः यी त्यस्ता राज्य हुन् जुन् आमरुपमा जित्ने उम्मेदवारको पक्षमा लाग्छन् । यी राज्यहरुले सिंगो देशको भावनालाई प्रतिनिधित्व गर्दछन् । अर्को शब्दमा यी राज्यहरुले जसलाई समर्थन गर्छन् उसको विजय निश्चित हुन्छ ।

४. बेनगाजीः यो लिबियाको एउटा शहर हो जसको नाम यसपटकको अमेरिकी राष्ट्रपति चुनावमा बारम्बार उच्चारण भइरहेको छ । २०१२ मा इस्लामिक चरमपन्थिहरुले यहाँ एक अमेरिकी मिसनमाथि हमला गरेर चार अमेरिकी नागरिकलाई मारेका थिए । मारिएका व्यक्तिमा अमेरिकी राजदुत क्रिस स्टिवन्स पनि थिए । त्यतिबेला हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री थिइन् । रिपब्लिकन पार्टीले यस घटनालाई लिएर बारम्बार हिलारी क्लिन्टनमाथि हमला गर्दै आएको छ । हिलारी डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार हुन् ।

५. ब्लु स्टेटः यो अमेरिको त्इो राज्य हो जुन ामान्यतया डेमोक्रेटिक पार्टीलाई मतदान गर्दछ ।

६. क्यापिटलः अमेरिकी संसदलाई क्यापिटल पनि भनिन्छ । अमेरिकी संसद दुई सदनहरु मिलेर बनेको हुन्छ । पहिलो  तल्लो सदन अर्थात हाउस अफ रिपि्रजेन्टेटिभ र दोस्रो हो माथिल्लो सदन अर्थात सिनेट ।

७.डेलिगेट्सः रिपब्लिकन वा डेमोक्रेटिक पार्टीका ती सदस्य जसको भोटबाट राष्टपति पदका पार्टी उम्मेदवार तय हुन्छ ।

८. ग्रेन्ड ओल्ड पार्टी (जिओपी): अमेरिकामा रिपब्लिकन पार्टीलाई आमरुपमा जिओपी वा ग्रान्ड ओल्ड पार्टी भन्ने गरिन्छ ।

९. हार्ड मनीः जब कुनै व्यक्तिले खास प्रचारका लागि सिधै पैसा दिन्छ त्यसलाई हार्ड मनी भनिन्छ ।

१०. लिबरटेरियनः ती व्यक्तिहरु जो सानो सरकार चाहन्छन् । उनीहरुको मान्यता हुन्छ कि व्यक्तिको जिन्दगीमा सरकारको हस्तक्षप कमभन्दा कम हुनुपर्छ । उनीहरु व्यक्तिको निजत्वको स्वतन्त्रताका पक्षपाति हुन्छन् । उनीहरुको मान्यता हुन्छ कि सरकारले कमभन्दा कम ट्याक्स लगाउनुपर्छ । सरकारले कम खर्चमा काम चलाउनुपर्छ । लिबरटेरियनहरु आमरुपमा रिपलब्लिकन पार्टीलाई समर्थन गर्छन् ।

११. लबिइस्टः ती व्यक्तिहरु जो पैसा लिएर कुनै खास उद्देश्य, कम्पनी, सरकार वा देशको बारेमा अमेरिकी संसद र सरकारमा विचार निर्माण गर्छन् र त्यसको प्रचार गर्छन् । थुप्रै कम्पनी वा थप्रै देशका सरकार पैसा दिएर यस्ता प्रचारक वा लबिइस्टको मद्दत लिन्छन् जो अमेरिकी संसद र सरकारमा उनीहरुको कुरा प्रभावकारी रुपमा उठाउन सकुन् ।

१२. ओभल अफिसः ह्वाइट हाउसको पश्चिमी हिस्सामा अवस्थित यो कार्यालय अमेरिकी राष्टपनिको कार्यालय हो । यसको सामुन्ने अमेरिकी राष्टपतिले अध्ययन गर्ने निजी कोठा रहेको हुन्छ ।

१३. पर्पल स्टेटः यसलाई स्वीङ स्टेट पनि भनिन्छ । ती राज्यहरु जसले कुनै पनि पार्टी अर्थात डेमोक्रेटिक वा रिपब्लिकन पार्टीको पक्षमा भोट दिन सक्छन् ।

१४. रनिङ मेटः राष्ट्रपति पदको उम्मेदवारले आफूसँगै चुनाव लड्न का लागि जसलाई उपराष्ट्रपति पदको उम्मेदवार छनोट गर्छ उसलाई रनिङ मेट भनिन्छ ।

१५. सेकेन्ड अमेन्डमेन्टः अमेरिकी संविधानमा १७८१ मा गरिएको दोस्रो संसोधनले हरेक अमेरिकी नागरिकलाई हतियार राख्ने स्वतन्त्रता दिएको छ ।

१६. सीनेट मेजोरिटी लिडरः अमेरिकी संसदको माथिल्लो सदनमा जुन पार्टीको बहुमत हुन्छ त्यसको नेतालाई सीनेट मेजोरिटी लिडर भनिन्छ ।

१७. सीनेट माइनरिटी लिडरः अमेरिकी सीनेटमा जुन पार्टीका कम सदस्य हुन्छन् उसको नेतालाई सीनेट माइनरिटी लिडर भनिन्छ ।

१८. सीनेटरः अमेरिकिी सीनेटका सदस्यलाई सीनेटर भनिन्छ । अमेरिकाका हरेक राज्यबाट दुई सिनेटर चुनिन्छन् । कार्यकालको हिसाबले उनीहरुर्लाइ जुनियर वा सिनियर सीनेटर भनिन्छ ।

१९. सुपर ट्युज्डेः अमेरिकी राष्ट्रपति चुनावको प्रचारका दौरान त्यो दिन जब तमाम राज्यले उम्मेदवार तय गर्नका लागि पहिलो चरणको मतदान गर्छन् । आमरुपमा यो चुनावी वर्षको फेबु्रअरी वा मार्चमा हुन्छ ।

२०. स्वीङ स्टेट्सः ती राज्य जहाँका मतदाता डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच बराबरी बाँडिएका छन् । दुवै दलका उम्मेदारले यी राज्यको भोट आफ्नो पक्षमा पार्न जमेर प्रचारप्रसार गर्छन् ।

२१. थर्ड पार्टी क्यान्डिडेटः अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवार जो रिपब्लिकन वा डेमोक्रेटिक पार्टीसँग सम्वन्धित छैन ।

२२. ट्रम्प युनिभर्सिटीः रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दुई व्यक्तिहरुसँग मिलेर विश्वविद्यालय खोलेका थिए जहाँ रियल स्टेट र जग्गा-जमीनको व्यवस्थापनसम्वन्धि पढाइ हुन्थ्यो । यो युनिभर्सिटी २००५ देखि २०१० सम्म चलेको थियो । यो संस्थामा कयौं आर्थिक घोटालाहरु भएको आरोप छ । न्यूयोर्क राज्यको सरकार यसमाथि अनुसन्धान गरिरहेको छ ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment