Comments Add Comment

गर्भवती छिन् रेजिना, नोभेम्बरमा आमा बन्दै

rejina-pregnent-with-suraj
लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएकी नायिका रेजिना उप्रेती सन्तानलाई जन्म दिने तयारीमा छिन् । रेजिनाले नोभेम्बरको दोश्रो सातामा आफूले बच्चालाई जन्म दिने अनलाइनखबरसँग बताइन् ।

रेजिनाले भनिन्- म गाडीमा बाहिर खासै हिडडुल गरेकी छैन । यसैले पनि सार्वजनिक कार्यक्रममा नदेखिएकी हुँ ।’ उनले आफूलाई आफ्नो अवस्थाको बारेमा जानकारी दिदै सामाजिक संजालमा तस्बिर राख्न मन नलागेको पनि बताइन् ।

रेजिनाले अहिले आफूले आराम गरिरहेको र सुरुको ३-४ महिना भने खुबै गाह्रो भएको सुनाइन् । तर, अहिले सबै कुरा सामान्य रहेको बताउने उनले छोरा वा छोरी जे भएपनि आफूलाई फरक नपर्ने बताइन् ।

३ बर्ष अगाडि प्रेमी सुरज पोख्रेलसँग रेजिनाले बिबाह गरेकी थिइन् । यसपछि उनी चलचित्र क्षेत्रमा खासै सक्रिय छैनन् । चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा निर्वाचित भएपछि रेजिना सार्वजनिक कार्यक्रममा धेरै देखिन थालेकी थिइन् । उनले चलचित्रमा आमा बनेको दृश्य छायांकन गर्दा कपडा राखिने भएकाले खासै वास्ता नहुने सुनाइन् ।

तर, वास्तविक जीवनमा नै गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने उनको भनाई छ । उनले सुनाइन्-‘यो एकदमै फरक अनुभव हुने क्षण रहेछ । ५ महिनादेखि बच्चाले लात्ती हान्दा पनि आनन्द हुँदो रहेछ ।’

नेपाली चलचित्र क्षेत्रमा एक दशक लामो समय बिताएपछि रेजिनाले बिहे गर्ने निर्णय गरेकी थिइन् । उनी चलचित्र र विभिन्न गसिपका कारणले चर्चामा रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment