Comments Add Comment

अख्तियारले लोकमानकी छोरीसहित १२ ‘विज्ञ’लाई हटायो

Akhtiyar

९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लोेकमान कार्कीकी छोरीसहित १२ ‘विज्ञ’लाई हटाएको छ ।

आयुक्तहरुको छलफलपछि यो कदम चालिएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै अख्तियारका प्रमुख कार्की निलम्बित अवस्थामा छन् र दीप बस्न्यात कार्यबाहकको भूमिकामा छन् ।

स्रोतका अनुसार अख्तियारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको छ । उनीहरु कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका थिए ।

यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई पनि हटाइएको छ ।

अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल, सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई पनि अख्तियारबाट हटाइएको छ ।

यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको अख्तियार स्रोतले जनाएको छ । यसैगरी स्वास्थ्य विज्ञ निलमणि उपाध्यायलाई पनि पदमुक्त गरिएको छ ।

विज्ञ भनिएका ति व्यक्तिहरु अख्तियारलाई आवश्यक नभएकाले हटाइएको अख्तियार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment